spot_img
Monday, September 16, 2024
Homeब्यानरतिज खर्च कटाएर सहयोग

तिज खर्च कटाएर सहयोग

spot_img

नेपालगंज उद्योग वाणिज्य संघ बाँकेका महिला सदस्यले तिज मनाउन लाग्ने खर्च कटाएर सहयोग गरेको छ । हिन्दु महिलाहरुको महानपर्व तिजमा निरन्तर रुपमा महिलाहरुलाई दर खुवाउने परम्परालाई तोड्दै नेपालगंज उद्योग वाणिज्य संघले बुधबार सहयोग गरेको हो । संघका अध्यक्ष टंकबहादुर धामीको नेतृत्वको पदाधिकारी र सदस्य सम्लिित टोलीले संघका साधारण सदस्य कृष्णा शाहीलाई नगद रु ७६ हजार तीन सय सहयोग गरेको हो । नेपालगंज औद्योगित क्षेत्रभित्र कृष्णा चमेना गृह संचालन गरिरहकी शाहीको एपेन्डाइटिक्सको इन्फेक्सनबाट गम्भिर प्रकृतिको विरामी भएको हुदाँ लामो समयदेखि विस्तारामा बास रहेछ ।संघको सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत ५१ हजार रुपैया र कार्यसमिति पदाधिकारी र सदस्यबाट संकलन गरेको २५ हजार तीन सय रुपैया औद्योगिक क्षेत्रभित्र रहेको शाहीको निवासमै पुगेर अध्यक्ष धामी लगायतको कार्यासमितिले रकम हस्तान्तरण गरेका हुन । संघले महिला उपाध्यक्ष मन्दिरा पाण्डेको संयोजकत्वमा शाहीलाई सहयोग संकलन गर्न सदस्य इन्दिरा शाही र उमा ग्राण्डनको सदस्य रहेको समिति बनाएको थियो । तीजमा दर खुवाउने भन्दा पनि आवश्यक परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्नु पर्छ भन्ने भावनाका कारण सहयोग सेवा गर्न लागिएको नेपालगंज उद्योग वाणिज्य संघ सदस्य उमाग्राण्डनले जानकारी दिइन ।सहयोग हस्तान्तरण कार्यक्रमा अध्यक्ष धामीसँगै महिला उपाध्यक्ष मन्दिरा पाण्डे,महासचिव भीम बहादुर रानाभाट,उपमहासचिव टेक बहादुर खड्का,कोषाध्यक्ष मख्खन धामी ,प्रवक्ता डम्बर बहादुर चन्द,सदस्यहरु इन्दिरा शाही,उमा ग्राण्डन,शिव प्रसाद दाहाल,राजिव तलंगा र सुदन केसी लगायको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here