spot_img
Monday, September 16, 2024
Homeब्यानरतास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

spot_img

काठमाडौं –काठमाडौं महानगरपालिका–१२ टेकु ब्रहम टोलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई नगद ३९ हजार ६ सय ६० रूपैयाँ, ५ सय भारतीय रूपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टोलमा जुवतास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यसैगरी काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका–२ खनालथोक बस्ने गोपाल कुईकेलको गोठ घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई नगद २ लाख ६० हजार ५ सय ३० रूपैयाँ र १८ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको गोठ घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here