spot_img
Thursday, September 19, 2024
Homeब्यानरतास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

spot_img

कास्की जिल्ला पोखरा महानगरपालिका–७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका–१५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here