spot_img
Tuesday, October 22, 2024
Homeब्यानरतास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जना पक्राउ

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३४ जना पक्राउ

spot_img

सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका–२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालिका–१ घर भएका ४७ वर्षीय निल बहादुर पुलामी मगर लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ९० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
डडेल्धुरा, अमरगढी नगरपालिका–५ जिलोडास्थित पदम राज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ५० वर्षीय ईन्द्र बहादुर थापा लगायत २२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ओझाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here