spot_img
Thursday, September 19, 2024
Homeब्यानरतामाकोसीबाट १२५ जना मतदाताको परिचयपत्र लिएर फरार भएका कांग्रेसका नेता प्रहरीको नियन्त्रणमा

तामाकोसीबाट १२५ जना मतदाताको परिचयपत्र लिएर फरार भएका कांग्रेसका नेता प्रहरीको नियन्त्रणमा

spot_img

पुष्कर खड्का
रामेछाप ,दोलखाको तामाकोशी गाउँपालिका भिरकोटबाट १ सय २५ जनाको मतदाता परिचयपत्र लिएर फरार भएका नेपाली कांग्रेसका नेता महेश काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेता काफ्ले वडा नम्बर १ भिरकोटस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रबाट बुधबार दिउँसो १ सय २५ जनाको मतदाता परिचयपत्र नै लिएर फरार भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गंगा पौडेलले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार बुधबार दिउँसो नयाँ मतदाता परिचय वितरणका क्रममा काफ्लेले वडा कार्यालयमा राखिएको सिसि क्यामेरा अफ गरेर उनले १ सय २५ जना मतदाताको परिचयपत्र लिएर फरार भएका थिए । उनलाई भिरकोट आसपासबाटै नियन्त्रणमा लिइएको पौडेलले बताए ।
काफ्लेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दोलखामा ल्याएर राखेको प्रहरीले जनाएको छ । उनीमाथि निर्वाचन कसुर सम्बन्धी सजाय ऐन २०७३ अनुसार कारवार्ही हुनेछ ।
निर्वाचनसँग सम्बन्धीत विषय भएकाले प्रहरीलाई नियन्त्रणमा लिने अधिकार भएपनि अन्य कुनै कारवार्ही प्रक्रिया अघि बढाउने अधिकार नभएको डिएसपी पौडेलले बताउनुभयो ।
उनी माथि कस्तो कारवार्ही हुन्छ भन्ने विषयमा अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगसँग परामर्श गरिरहेको प्रहरीले जनाएको छ ।
काफ्ले २०७४ सालको स्थानीय तह निर्वाचनमा भिरकोटको वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी वहालवाला जनप्रतिनिधि हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here