spot_img
Friday, October 18, 2024
Homeब्यानरडुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु

डुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु

spot_img

बाँकेको डुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात भएको छ । नेपाल सरकारले राष्ट्रिय अभियानका रुपमा यस वर्ष पहिलो पटक टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु गरेको र अभियान शुरु भएपछि नियमित खोप दिइने भएको छ ।
यसैक्रममा डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा विहीबार आयोजित पालिकास्तरिय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गरिएको छ । अभिमुखीकरणमा टाइफाइड रोगको लक्षण, असर, जोखिम, उपचार लगायतका बारेमा जानकारी गराइएको थियो ।
गाउँपालिकाले यही चैत २३ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन गर्न लागेको छ । डुडुवा गाउँपालिकामा १५ महिनादेखि १५ वर्षमुनिका १३ हजार ९५ जना बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार ६ वटै वडा अन्र्तगत ३६ वटा खोप केन्द्र स्थापना गरिएको छ भने १२ जना खोप कार्यक्रता र ३६ जना स्वयम्सेवक खटिने छन ।
डुडुवामा रहेका बालबालिका मध्ये ९५ प्रतिशतलाई खोप दिने लक्ष्य रहेको छ । सामान्य विरामी हुने मानिसमा टाइफाइड रोग चौथो स्थानमा लाग्ने गरेको तथ्यांकले जनाएको छ । १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । पालिकास्तरिय अभिमुखीकरणपछि शिक्षक, वडास्तरमा रहेको खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयम्सेविका र खोप लगाउने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइने स्वास्थ्य शाखा सहसंयोजक वीरेन्द्र घलेले बताए ।
अभिमुखीकरणमा वडाध्यक्षहरु सगिर खा, पटेश्वरी कुर्मी, परशुराम उपाध्याय, वडासदस्य आमोद तिवारी, रेखा खटिक, कार्यपालिका सदस्य सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य केन्द्रका इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here