spot_img
Saturday, September 21, 2024
Homeब्यानरडुडुवाबासी भन्छन्,राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो”

डुडुवाबासी भन्छन्,राम्रो काम गर्ने नेतालाई पुनः मत हाल्न पाउनु हाम्रो भाग्य हो”

spot_img

बाँके जिल्ला डुडुवामा नरेन्द्र कुमार चौधरी (पप्पु) पुनः गाउँपालिका प्रमुखमा उम्मेदवारी दिदाँ फेरी निकै निकै लोकप्रिय बन्दै छन् । पाँच बर्ष अध्यक्ष भएर जनताको काम गरेका कारण उनी लोकप्रिय भएका हुन् । जनताका समस्यालाई केन्द्रविन्दुमा राखेर तत्काल काम गर्ने शैलीका कारण उनी डुडुवाबासीको मनमनमा छन् । डुडुवामा पछिल्लो पाँच बर्षमा राम्रो काम गरेर लोकप्रिय भएका पप्पुलाई नेपाली कांग्रेसले पुनः उम्मेदवार बनाएपछि गाउँपालिकाबासी खुसी छन् । राम्रो काम गर्ने नेतालाई पुनः मतदान गर्न पाउनु आफूहरुको भाग्य भएको स्थानीयको प्रतिक्रिया छ । मतदाताहरुलाई भेट्ने क्रममा पप्पुले आगामी पाँच बर्ष आफूले पुनः जनताको सेवक भएर काम गर्न चाहेकाले विगतका आफ्ना कामहरुको मूल्यांकन गरेर विजयी बनाउन आग्रह गर्ने गरेका छन् ।
उपाध्यक्षकी उम्मेदवार साहिदा बानो पनि पुनः दोहोरिने उद्देश्यका साथ चुनावी मैदानमा छिन् । अध्यक्षका उम्मेदवार पप्पु र उपाध्यक्षकी उम्मेदवार बानोसहित वडाका कांग्रेस उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगिरहेका छन् । आज पनि कांग्रेस उम्मेदवारहरुले वडा नम्बर ८ हिरमिनिया क्षेत्रमा घरदैलो गरेका छन् । नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, काँग्रेस कार्यालय प्रमुख उमेश शर्मासहित कांग्रेस उम्मेदवारहरुले घरदैलो गरेका हुन् ।घरदैलोमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पप्पु, उपाध्यक्ष पदकी उम्मेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पदका उम्मेदवार मनोरथलाल कुर्मी र वडा सदस्यका उम्मेदवारहरू निरन्जनसिंह थापा, नुसरत अलि शेष, धिराजादेवी मौर्य र पुनमदेवी कोरी लगायत स्थानीय नेता कार्यकर्ता उपस्थित थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here