spot_img
Saturday, September 21, 2024
Homeब्यानरडुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

डुडुवाका नवनिर्वाचित जनप्रतिनिधिद्धारा सपथ ग्रहण

spot_img

बाँकेको डुडुवा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ लिएका छन् । जिल्ला समन्वय समिति बाँकेको सभा हलमा आज आइतबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नरेन्द्रकुमार चौधरीले नवनिर्वाचित उपाध्यक्ष शाहिदा बानोसहित ६ वटै वडाका अध्यक्ष र सदस्यलाई सपथ खुवाएका हुन ।
सपथ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, निर्वाचन अधिकृत फडिकराज मुडभरी लगायतको उपस्थिती रहेको थियो । सपथ कार्यक्रममा अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत विभिन्न पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा डुडुवा गाउँ कार्यपालिकाको महिला र दलित एवम् अल्पसंख्यक सदस्य पदको निर्वाचनका लागि कार्यक्रमको सुचि तालिका प्रकाशन गरिएको थियो । सूचि अनुसार जेठ ९ गते १३ गतेसम्मको निर्वाचन प्रक्रिया निर्धारण गरिएको निर्वाचन अधिकृत मुडभरीले बताए । सोका लागि जेठ १३ गते सदस्य पदको निर्वाचन हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here