spot_img
Sunday, January 19, 2025
Homeबजारडिजिटल मिडियामा महिला सहभागिता ,अवसर र चुनौती बारे नेपालगन्जमा छलफल

डिजिटल मिडियामा महिला सहभागिता ,अवसर र चुनौती बारे नेपालगन्जमा छलफल

spot_img

डिजिटल मिडियामा महिला सहभागिता ,अवसर र चुनौती बारे नेपालगन्जमा छलफल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपागन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता,अबसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्या भित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषय भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी ,नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी,नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली,समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा ,चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल ,अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता ,अबसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.