spot_img
Monday, September 16, 2024
Homeब्यानरज्ञानोदय सामुदायिक पुस्तकालयको बृहत रक्तदान

ज्ञानोदय सामुदायिक पुस्तकालयको बृहत रक्तदान

spot_img

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा रक्तदान गरिएकोछ ।
कोहलपुर नगरपालिका वडा नम्बर–११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरको आयोजनामा उक्त रक्तदान गरिएको हो ।
ज्ञानोदय सामुदायिक पुस्तकालयको प्राङ्गणमा भएको रक्तदानमा ३५ जनाले रक्तदान गरेको सचिव एकराज शर्माले जानकार दिए ।
कोहलपुर नगरपालिका वडा नम्बर–११ की वडाअध्यक्ष कल्पना अधिकारीले रगत संकलन गर्ने प्याकेट रेडक्रसका कर्मचारीलाई प्रदान गर्दै रक्तदान कार्यक्रम आरम्भ भएको थियो ।
ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईका अनुसार १७ औं राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।
उनका अनुसार दिवसको अवसर पारेर भदौ १ गते १४ विद्यालयका विद्यार्थी सम्मेलित खुल्ला भानुभक्तीय रामायण वाचन गरिएको, भदौ ८ गते २८ वटा विद्यालयको सहभागितामा आधारभूत तहको चित्रकला प्रतियोगिता गरिएको र भदौ १० गते २६ वटा माध्यमिक विद्यालयको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिए ।
अध्यक्ष भट्टराईका अनुसार ज्ञानोदय सामुदायिक पुस्तकालय स्रोत केन्द्र कोहलपुरले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजयीहरुलाई भोली शनिबार ११ बजे हुने २० औं वार्षिक साधरण सभामा पुरुस्कार वितरण गरिनेछ ।
हाल नेपालमा शैक्षिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय र विशेष पुस्तकालयका अतिरिक्त नौ सय २८ सार्वजनिक पुस्तकालय छन् ।
नेपालमा औपचारिकरूपमा विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here