spot_img
Sunday, September 15, 2024
Homeब्यानर‘ज्ञानोदय पुस्तकालयलाई जोगाउनु पर्छ’–मेयर पुर्णप्रसाद आचार्य

‘ज्ञानोदय पुस्तकालयलाई जोगाउनु पर्छ’–मेयर पुर्णप्रसाद आचार्य

spot_img

निरन्तर शिक्षाका लागी पुस्तकालय भन्ने आर्दश वाक्यका साथ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शनिबार आफ्नो २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्यले पुस्तकालय सबैको साझा थलो भएकाले यसलाई जोगाउनु पर्ने बताए । उनले पुस्तकालय स्थानीय सरकारको सम्पत्ती भएको बताउँदै यसमार्फत समाज उठेका विभिन्न विषयमा बसह चलाउनु धारणा राखे । उनले आगामी दिनमा कोहलपुर नगरपालिकाले पुस्तकालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विभिन्न व्यक्तिले समाजमा पु¥याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेकोमा खुुसी व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि तथ जिल्ला समन्वय समिति बाँकेका उपाध्यक्ष सीता कार्कीले पुस्तकालयले दीर्घकालसम्म पनि भाषा, कला, साहित्य, संस्कार, संस्कृति लगायतका कुराहलाई जोगाउन पहल गर्ने बताईन् । कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर नगरपालिकाका पूर्व मेयर लुट वहादुर रावतले पुस्तकालय सवैको साझा संस्था भएकाले यसको विकासमा सवै क्षेत्रले सहयोग गर्नु पर्ने वताए । पुस्तकालयले समाजमा गर्दै आएका चेतनामुलक कार्यक्रमले समाजलाई सहि वाटोमा डो¥याउन पहल गर्ने वताए । कार्यक्रममा बागेश्वरी बहुमुखि क्याम्पस प्रमुख दानबहादुर हमालले क्याम्पस र पुस्तकालय विचमा सम्झौता गरेर शैक्षिक गतिविध संचालन गर्न सकिने बताए ।

यस्तै कार्यक्रमका अतिथिहरू कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, नेपाली काँग्रेसमा नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमाले कोहलपुर नगर कमिटि अध्यक्ष कुलबहादुर भट्टराई लगायतले पुस्तक र पुस्तकालय समाजको रंग भएकाले यसको उत्थानमा सबैजना एकजुट भएर लाग्नु पर्ने बताए ।

कार्यक्रमका सभापति तथा पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले पुस्तकालयले सुरू गरेको नगर सूचना केन्द्रलाई सबैखालका सूचना प्रदान गर्न आग्रह गरे । नगरका सबैखाले सूचना पुस्तकालयबाटै प्रवाह गर्न सकिने र संस्थाको नाममा रहेको खाली जमिनमा आवश्यक भवन निर्माणको लागी नगरपालिका, अन्य दाताहरूलाई सहयोग गर्न समेत आग्रह गरे । उनले, आगामि दिनमा योभन्दा बढि धेरै कार्यक्रमहरू गर्ने प्रतिवद्धता समेत जनाए । साथै पुस्तकालयले आफनो बार्षिक साधारणसभामा विभिन्न क्षेत्रमा काम गर्नेहरूलाई सम्मान समेत गरेको थियो । सम्मान हुनेहरूमा स्वर्गीय हरि प्रसाद पौडल स्मृती समाजसेवी पुरस्कारबाट कोहलपुर नगरपालिकाका पूर्व मेयर लुटवहादुर रावत, नियमित पाठकतर्फ निमबहादुर थापा, वर्ष पुस्तक दाताको रूपमा भरत पनेरू, सरसफाई अभियानमा सहयोगकर्ता कोहलपुर नगर प्रहरी प्रमुख वीरवहादुर थापा, शैक्षिक संस्थामा सहयोग तथा अक्षयकोष निर्माण गर्ने शिक्षाप्रेमी कमला मल्ल, पुस्तकालयलाई नगर सूचना केन्द्र निर्माण गर्न सहयोग गर्ने गोविन्द प्रसाद पाण्डे र पूर्व कार्यसमितिहरूबाट उपाध्यक्ष लालवहादुर राना, सचिव सुशिल सापकोटा, सहसचिव निर्मल आचार्य, कोषाध्यक्ष रजनी शर्मालाई सम्मान गरिएको थियो ।

यस्तै पुस्तकालयले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा निर्णायकको भुमिका निर्वाह गरेका भद्र सुवेदी, मोहन प्रसाद उपाध्यय, राजविक्रम चन्द, सुशिल वि।सी।, सामर्थ थापा, जयश्वर पौडेल, नारायणी सिग्देल र ललीतप्रकाश चन्दलाई कदरपत्र प्रदान गरेको थियो । यस्तै कोहलपुर नगर क्षेत्रभित्र रहेका राष्ट्रिय परिक्षा बोर्ड आ।व। २०८०/०८१ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक र संस्थागत विद्यालय क्रमशः त्रिभुवन नमुना मा।वि।, जीवन ज्योति मा।वि। पञ्चमुखी मा।वि र जन ज्योति पव्लिक स्कुललाई सम्मान गरेको थियो । पुस्तकालय दिवसको अवसरमा पाक्षिक रूपमा संचालन भएको विभिन्न कार्यक्रमका बिजेताहरूलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाका सचिव एकराज शर्मा र कोषाध्यक्ष पवित्रा ढालले क्रमशः वार्षिक र आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । संस्थाका उपाध्यक्ष मणिप्रसाद गैरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचाल संस्थाका सचिव एकराज शर्माले संचालन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here