spot_img
Tuesday, November 12, 2024
Homeब्यानरजेष्ठ नागरीक क्लवको अध्यक्षमा अजित कुमार शर्मा, वडा अध्यक्ष वज्राचार्यले दिए शुभकामना

जेष्ठ नागरीक क्लवको अध्यक्षमा अजित कुमार शर्मा, वडा अध्यक्ष वज्राचार्यले दिए शुभकामना

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.१२ मा जेष्ठ नागरीक क्लव पुर्नगठन गरीएको छ । वडाका वडा अध्यक्ष तरुण कुमार बज्राचार्यको प्रमुख आतिथ्यमा स्थानिय जेष्ठ नागरीक अजित कुमार शर्मा जेष्ठ नागरीक क्लवको अध्यक्षमा चयन भएका हुन । क्लवको उपाध्यक्षमा बुद्धिमाया बज्राचार्य र लालबहादुर मल्ल रहेका छन भने सचिवमा धर्मदत्त सुवेदी ,कोषाध्यक्षमा नारायण प्रसाद शर्मा तथा सहसचिवमा तारा कुमारी रानामगर रहेका छन । यसैगरी जेष्ठ नागरीक क्लवको सदस्यमा ओमप्रकाश शर्मा,राधा पौडेल,शान्ती कोरी,चन्द्रकला शर्मा,लिलावती थापा राई,हरिभजन चिडिमार,अमरिका रैदास,व्रिजरानी चिडिमार,श्यामलाल नेपाली रहेका छन । यसैगरी क्लवका पुर्व अध्यक्ष डम्बरराज सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाकार समिति समेत गठन गरीएको छ जसको सदस्यमा दिवाकार गौतम,नरनारायण सेन,लोकनाथ शर्मा,सुमित्रा बुढाथोकी, र सत्तार शेष रहेको छन ।

क्लवले जनकराम भण्डारीलाई नगर प्रतिनिधिको रुपमा चयन गरेको छ । क्लव गठन पश्चात प्रतिक्रिया दिदै वडा अध्यक्ष बज्राचार्यले वडामा रहेका जेष्ठ नागरीकहरुको सम्मानका लागि यस प्रकारका क्लवलाई चलाएमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । वडा अध्यक्ष वज्राचार्यले भने,“जेष्ठ नागरीक भनेका अनुभवको एउटा किताव हो जसलाई हामीले पढ्न सक्नु पर्छ ,हरेक पथमा जेष्ठ नागरीकहरुको निर्देशनले सहि रिजल्ट दिन सकिन्छ ।” वडा अध्यक्ष बज्राचार्यले नवगठीत क्लवका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै वडामा जेष्ठ नागरीकहरुका लागि पार्क,भजनकृतनका लागि भवन लगायतका विषयहरुलाई प्राथमिकतामा राखिएको बताए । यसैगरी जेष्ठ नागरिक क्लवको अध्यक्ष बनेपछि जेष्ठ नागररिक क्लवका अध्यक्ष शर्माले आफुले जेष्ठ नागरिकहरुको हकहितका विषयमा सधै आवाज उठाउँदै आएकोमा अव अझै ससक्त रुपमा अगाडि बढ्न् प्रतिक्रिया दिए । विहिबार सम्पन्न जेष्ठ नागरीक क्लव गठन कार्यक्रम वडाका करिव २०० बढि जेष्ठ नागरीकहरु,नवनिर्वाचित वडा सदस्यहरु चन्दा चिडिमार,राजकुमार बाल्मिकी लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.