Post Views: 121
पश्चिम नेपालको प्रशिद्ध बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे महादेवको मन्दिरलाई पुजापाठका लागि सोमबार(आज)देखी खुल्ला गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्ट धातुको जुंगे९खडेश्वर०महादेव मुर्तिको प्राण प्रतिष्ठा, अनुष्ठान, पुल, पुजाघर र घाटको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधी, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, धार्मिक ब्यक्तित्व लगायतको उपस्थिती रहेको गुठी व्यवस्थापन समितिका सदस्य सुनिलसिंह हमालले जानकारी दिए ।











