spot_img
Sunday, September 8, 2024
Homeब्यानरजानकी गाउँपालिका निर्वाचित जनप्रतिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण

जानकी गाउँपालिका निर्वाचित जनप्रतिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण

spot_img

जानकी गाउँपालिका निर्वाचित भएका जनप्रतिधिलाई शुक्रबार प्रमाणपत्र हस्तान्तरण गरिएको छ । जानकी गाउँपालिकामा एक कार्यक्रम गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र हस्तान्तरण गरेको हो । मुख्य निर्वाचन अधिकृत बासु देव शर्माले नवनिर्वाचित गाउँपालिकाअध्यक्ष छब्बन खान,उपप्रमुख रामप्यारी यादव सहित ६ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यलाई प्रमाणपत्र वितरण गरे ।गाउँपालिकामा आत्यधिक मत प्राप्त गरेर नेपाली कांग्रेसका छब्बन खान पालिका अध्यक्षमा निवार्चित भएका हुन ।खानले ६६५३ मत साथका अध्यक्षमा निर्वाचित भएका हुन भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका हिमान्शु यादवले ४७९५ मत प्राप्त गरेका थिए ।त्यस्तै तेस्रो स्थानमा रहेका जनता समाजबादी पार्टि नेपालका राजिब कुमार बर्माले २९३८ मत पाएका छन् ।यस्तै उपाध्यक्षमा निर्वाचित यादवले ६९०९ मत ल्याइकी छन भने उनको निकट प्रतिद्धन्द्धी एमालेकी भुमिसरा धितालले ३४५६ मत प्राप्त गरेकी छिन ।तेस्रो नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत पाएका थिए । प्रमाणपत्र प्राप्त गरेपछि प्रतिक्रिया दिदै नवनिर्वाचित गाउँपालिका अध्यक्ष खानले पालिकाबासीहरुले दिएको विश्वासको मतलाई पूर्ण रुपले पालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । विशेषगरी शिक्षा, स्वास्थ्य लगायत गाउँका वडामा समान रुपले विकास गर्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here