spot_img
Saturday, September 21, 2024
Homeब्यानरजानकीमा लोकप्रिय बन्दै छब्वन खा,घरदैलोमा व्यस्त

जानकीमा लोकप्रिय बन्दै छब्वन खा,घरदैलोमा व्यस्त

spot_img

बाँके जिल्ला जनकी गाउँपालिका नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छब्बन खा चुनावि प्रचार प्रसारमा खरो उत्रिएका छन । २०७४को स्थानिय तहको निर्वाचनमा मात्रै ७३ मतले पराजित भएका खा यती बेला जनाकी गाउँपालिकाका ६ वटै वडाहरुमा पालैपालो पुग्ने गरेको पाइएको छ । स्थानिय युवा कफिल सिद्दिकीका अनुसार नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवरी दिएका खाँलाई जनताको साथ,सहयोग ,समर्थन निकै भएको हुदाँ जित हुने कुरामा दुईमत नभएको बताए । उनले भने,“प्रधानले अहिले जित्नु हुन्छ,जिम्मेवारी पनि बढ्छ ”। वि.सं.२०५४ सालमा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्दा पनि अत्यधिक मत ल्याएर विजय भएका खाँलाई यस पटक को निर्वाचन आफ्नो पोल्टामा पर्ने विषयमा ढुक्क देखिन्छन । त्यसो त जानकी गाउँपालिका वडा नं.३ बन्जारे गाउँमा भोट माग्न पुगेका खाँलाई विजयको शुभकामना दिदै स्थानिय रामदास मौरियाले खाँलाई कुनै पनि हालतमा विजय गराउने पर्ने बताए । उनले भने,“सज्जन मान्छेलाई हामीहरुले पनि सहयोग गर्नु पर्छ ,काम गर्ने मौका दिनु पर्छ ।”स्थानिय स्तरमा निकै लोकप्रियता कमाउन सफल देखिएका छब्बन खाँलाई जानकी गाउँपालिकाको प्रमुख बन्नेमा कुनै शंका गर्नु नपर्ने वडा नम्बर ५ जानकी गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवार टिकानाथ यादवले बताए ।यसरी विजयको नजिक भएको दावी गर्ने खाँ जनताको घरदैलोमा पुग्न छोड्न नहुने र आफ्ना एजेन्डा,योजनाका बारेमा जनतासैग राय सल्लाह लिनु पर्ने बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here