spot_img
Sunday, September 22, 2024
Homeब्यानरजानकीमा करार/अस्थायी कर्मचारी नहटाउने निर्णय

जानकीमा करार/अस्थायी कर्मचारी नहटाउने निर्णय

spot_img


बाँकको जानकी गाउँपालिकाले योग्यता,आवश्यकताका आधार मान्दै कार्यालयमा काम गर्दे आएका करार कर्मचारीलाई नहटाउने भएको छ । देशमा स्थानिय सरकार परिवर्तन सँगै लामो समय देखि काम गर्दे आएका करार कर्मचारीहरुलाई हटाउने र राजनिति दबाव आफ्ना कार्यकर्ता भर्ना गर्ने थलोको रुपमा विकास भएको भन्ने दोष लागी रहेको अवस्थामा जानकी गाउँपालिकाले भने योग्यता र आवश्कताका आधारमा काम गर्दै आएका करारका कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।गाउँपालिकाको १२ औ गाउँसभाको निर्णय अनुसार गाउँपालिका तथा वडा कार्यालयहरुमा कार्यरत करार तथा अस्थायी कर्मचारीहरुलाई नहटाउने निर्णय गरेको हो ।पालिकाको गत असार ८ गते बसकेको कार्यपालिका बैठकबाट सिफरिस भई असार ३१ गते भएको गाउँसभाको निर्णय अनुसार नै पालिकामा कार्यरत करार कर्मचारीहरुलाई नहटाउने निर्णय भएको जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए ।पालिकामा अधिकृतस्तर छैठौदेखि श्रेणी बिहिन ५८ जना करारमा कार्यरत कर्मचारी भएको जानकारी गराउँदै प्रशासकीय अधिकृत रानाले भने,“गाउँपालिका तथा वडा कार्यालयहरुमा साबिकको जिल्ला बिकास समिति बाँके र गाउँ बिकास समितिको कार्यालय देखी काम गर्दै आइरहेका करार तथा अस्थायी कर्मचारी कार्यरत छन ,कार्यरत सबै कर्मचारकिो यही साउन १ गतेदेखि नियमानुसार म्याद थप गरिएको छ ” । पछिल्लो समय बाँकेका केही स्थानिय तहरुले कार्यरत रहेको कर्मचारीहरुलाई हटाई पुनः करार कर्मचारीको लागि विज्ञापन समेत पाइएको छ ।यसरी योग्यता र आवश्यकताकालाई आधार मान्दै लामो समय देखि कार्यरत करार र अस्थायी कर्मचारी नहटाउने जानकी गाउँपालिको निर्णयबाट अन्य स्थानिय तहले केही सिक्नु पर्ने देखिन्छ । कर्मचारी भर्ना मात्रै ठुलो विषय होइन उनीहरुको क्षमता विकासका लागि सरकारले गरेको लगानीको समेत विचार गर्नु पर्ने वर्तमान अवश्यकता हो । यसैगरी स्थानीय तहले करार कर्मचारी निष्काशन(हटाउने) कार्यको निजामती क्षेत्रका टे«ड युनियनहरुले विरोध गरेको छन । दक्ष,अनुभवी र तालिम प्राप्त ,योग्य कर्मचारीलाई सेवाबाट बञ्चित गर्ने कार्य कुनैपनि कोणबाट उपयुक्त नभएको भन्दै अबिलम्ब कर्मचारी हटाउन गरेको निर्णय फिर्ता लिन माग गर्दे आएको छ । यसरी कर्मचारी र स्थानिय तहको विचमा द्धन्द्ध फैलाउने काम पनि स्थानिय तहका जनप्रतिनिधिहरुबाट हुनु हुदैन

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here