spot_img
Sunday, September 22, 2024
Homeब्यानरजानकीद्धारा २५ छात्रालाई साइकल वितरण

जानकीद्धारा २५ छात्रालाई साइकल वितरण

spot_img

बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ ले सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । शिक्षामा छात्राहरुको उपस्थितिलाई अझै व्यापक बनाउने उदेश्यले आइतबार लक्षित वर्गका किशोरीहरुलाई साइकल वितरण गरीएको जानकी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष टिकानाथ यादवले जानकारी दिए । जानकी गाउँपालिका प्रमुख छब्बन खाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खाँले विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल वितरण गरेको बताए । विद्यालय र घर को दुरीका आधारमा साइकल वितरण गरीएको छ । कक्षा ९का छात्राहरुलाई प्राथमिकतामा राखेर साइकल वितरण गरीएको हो ।साइकल वितरण कार्यक्रममा पालिका उपाध्यक्ष रामप्यारी यादव,जिल्ला समन्वय समिति सदस्य जुल्फिकार मनिहार,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राजु यादव लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here