महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज नेपाल विद्यार्थी संघका विद्यार्थी नेता सन्तोष रावलले आफ्नो २८औ जन्मदिनलाई सामाजिक तथा मानवीय कार्यमा सर्मपित गरेका छन । विशेषगरी होटल तथा रेष्टुरेन्टमा आफ्नो जन्मदिनलाई मनाउँदै अवस्थामा विद्यार्थी नेता रावलले आफ्नो जन्मदिनको अवसर पारेर बाँकेको संघिय अस्पतालको परिसरमा रहेको रक्तसंचार केन्द्रमा रक्तदान र अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो जन्मदिन मनाएको हुन ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार नेपालगंजको सहकार्यमा गरिएको रक्तदानमा २८ जनाले रक्तदान गरेको रावलले जानकारी गराएका छन । समाजमा सकारात्मक परिर्वतनका संवाहकका रुपमा रहेका युवाहरुले सामाजिक उत्तरदायित्व समेत निभाउनु पर्ने रावलको भनाई रहेको थियो ।जन्मदिनको अवसरमा अनावश्यक रुपमा पैसा खर्च गर्नुको साटो त्यसलाई समाजका लागि खर्च गर्नु पर्ने रावलको भनाई रहेको थियो । रावलको जन्मदिनको अवसरमा पुगेका नेपाल तरुण दल बाँके अध्यक्ष एवं भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले युवाहरुले यस्ता रचनात्मक कामहरुमा अग्रसर हुनु पर्ने बताउँदै विद्यार्थी नेता रावलको कार्यले समाजमा सकारात्मक सन्देश दिने भन्दै प्रशंसा समेत गरेका थिए ।रावलले आफ्नो जन्मदिनको अवसरमा विहिबार भेरी अस्तपालको सुत्केरी वार्ड,डायलसिस वार्ड,जेष्ठ नागरिक वार्ड र सिकलसेल एनिमिया वार्डमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको थिए । यसैगरी नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले युवाहरुको रक्तदान प्रतिको आकर्षणलाई अझै प्रभावकारी रुपमा लैजानु पर्ने बताउँदै रगतको अभाव हुन नदिने जिम्मेवारी समेत युवाहरुमा आएको बताए ।











