spot_img
Saturday, September 21, 2024
Homeब्यानरजनताको दुखमा साथ दिने बाचा गर्दै खजुराका तिलकवीर सुनार

जनताको दुखमा साथ दिने बाचा गर्दै खजुराका तिलकवीर सुनार

spot_img

बाँकेको खजुरा गाउँपालिका वडा नंं ४ मा नेकपा एमालेका तर्फबाट तिलकवीर सुनार वडाध्यक्षका प्रत्यासी छन् । उनी यसअघि पनि ४ का निर्वाचित वडाध्यक्ष हुन् । उनका केही विशेषता भएका कारण पार्टीले पुनः अध्यक्षको उम्मेदवार बनाएको हो । युवा नेता सुनार मनमा केही कुरा राख्न नसक्ने तर, जनताका दुखसुखमा भने साथ दिने विशेषताका रुपमा परिचित छन् । वडामा कोही पनि आफ्नो व्यक्तिगत समस्यामा परेको खण्डमा पनि उनी खुलेरै सहयोग गर्ने गर्छन् । ५ वर्षे कार्यकालमा वडामा उनले विकासमा फड्को नै मारेका छन् । खजुरा १ नं. देखि इ गाउँसम्म सडक फराकिलो पार्दै कालोपत्रे, यसलाई निरन्तरता दिँदै, डि गाउँ स्कूलमा मिनी रंगशाला निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माणपछि संचालन, खानेपानी ट्यांकी निर्माण, खेलकुदाका क्षेत्रमा कयौं कामहरु उनले गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार प्रदेश, केन्द्र सरकारको समन्वयमा किरण नाला र पेडारी नालामा पुल निर्माणलगायतका थुप्रै कामहरु भएका छन् । २ पटक कोभिडको समस्या हुँदा आफ्नो वडामा क्वारेनटाइन संचालन वडाबासीलाई संकटमा राहत वितरण जस्ता काम मात्र नभई भारतबाट आउने वडाबासीको व्यवस्थापनका लागि जमुनाह नाका पुगेर स्थानीयलाई गन्तव्यसम्म पु¥याएर व्यवस्थापन गरेको स्थानीयले अहिले पनि झलझल्ती सम्झेको बताउँछन् । खरो स्वभाव भए पनि स्पष्ट वक्ताका रुपमा परिचित सुनारका यस्तायस्तै विशेषताका कारण जनताले साथ दिने वडा नं. ४ का बासिन्दाको भाव स्थलगत अध्ययनले देखाउँछ । युवा संघको जिल्ला संयोजक, केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसकेको सुनार पार्टीको वडा नं. ४ को इन्चार्ज र जिल्ला कमिटी सदस्य छन् । जनप्रतिनिधि हुँदा दुखीको साहरा बनेका तिलकविर बाँके जिल्लमै एक चर्चित युवा नेता हुन । वडा नं. ४ मा गठबन्धनका उम्मेदवार टेक बहादुर रोकाय, राप्रपाका उम्मेदवार ओपेन्द्र खत्री अधयक्षका प्रत्यासी छन् । खजुरा ४ मा एमालेको पकड राम्रो भएको एमाले खजुरा कमिटिका उपाध्यक्ष झगबहादुर पौडेलले बताउँछन् । दुखिको सारथीको उप नामले समेत चिनिने सुनारलाई मतदाताले विश्वास गर्छन् उपाध्यक्ष पौडेलले भने । एमालेको जनाधार बलियो भएको, धेरैजना अन्य पार्टीबाट प्रवेश गरेको, अन्य अलमलमा परेकाहरुले समेत उनलाई मत जाने सम्बद्धहरु बताउँछन । तिलकवीर एक पपुलर उम्मेदवार हुन । विपत्तिमा तिलकविरले जनतालाई साहारा दिएका छन । कोभिड विपत्तीमा तिलकविरले गरेको सक्रियता र सहयोगलाई जनताले भुलेका छैनन् एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । कक्षपतिले तिलकविर जस्तो सक्रिय युवाले खजुराको नाम पनि चिनाएको उल्लेख गरे । अहिले हरेक दिन विहानदेखि साझसम्म मतदाताको घरदैलोमा समर्थकहरु लिएर तिलकविर र वडा सदस्यका उम्मेदवारहरु पुगिरहेका छन । ‘जनताको अपार माया पाएको छु, त्यसैले पनि निर्वाचनमा सफल हुने कुरामा ढुक्क छु’ सुनारले
बताए । वडा नं. ४ बाट एमालेले अध्यक्ष तिलकवीर सुनार, सदस्य बलबहादुर बुढाक्षेत्री, बलबहादुर कठायत, महिला सदस्य रितु गिरी, दलित महिला सदस्य लिलादेवि सुनार उम्मेदवार छन् । उनीहरु चुनावी प्रचारका लागि घरदैलो गरिरहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here