spot_img
Thursday, September 19, 2024
Homeब्यानरछात्रालाई यौन श्रोषण गर्ने प्रिन्सिपल पाण्डे कारागार चलान

छात्रालाई यौन श्रोषण गर्ने प्रिन्सिपल पाण्डे कारागार चलान

spot_img

बाँके जिल्ला अदालतले छात्रा ऐलिसा शाहलाई प्रलोभनमा पारी यौन श्रोषण गरी आत्मा हत्या गर्न बाध्य परेको आरोप लागेका बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरीका प्रिन्सिपल दमन पाण्डेलाई कारागार चलान गरेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले पाण्डेलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो । बाँके जिल्ला अदालतको ईजलास नम्बर दुईका न्यायाबीशले उक्त आदेश दिएका हुन ।ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनालाई गम्भीररुपमा लिएर अध्ययन गरेको थियो । आईतबार सुनुवाई नसकिएका कारण सोमबार आदेश आएको हो । पाण्डेलाई सोमबार नै नेपालगन्ज कारागारमा चलन गरिएको प्रहरीले जनाएको छ । आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता गरी अदालतमा मुद्दा पेश गर्न सरकारी वलिक कार्यालयमा पाण्डेलाई बिहिबार नै पेश गरेको थियो ।छात्राबासमा बसेकी आफ्नै छात्रा १७ वर्षीया एलिसलाई यौन दुब्र्वहार गरी आत्मा हत्या दुरुत्साहन गरेको अभियोग पाण्डेमाथि रहेको छ ।उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान गरेको कोहलपुर प्रहरी प्रमुख डिएसपी रबीन्द्र खनालले बताए । उनले आफ्नै छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बैजानाथ गाउँपालिका गाभरकी एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिईन । १७ वर्षीया शाहको मोबाईलमा प्रिन्सपल पाण्डेले पठाएको अश्लिल एसएमएस भेटिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here