spot_img
Friday, October 18, 2024
Homeब्यानरचौधरी सरकार बक्स पोलिक्लिनिकमा स्वास्थ्य शिविर

चौधरी सरकार बक्स पोलिक्लिनिकमा स्वास्थ्य शिविर

spot_img

ज्ञान दामोदर स्मृति प्रतिष्ठान र चौधरी हरदत्त एवम् बक्स स्मृति प्रतिष्ठानले चौधरी प्याथोलोजी एण्ड डाइग्नोस्टिक सेन्टर नेपालगञ्जमा शनिवार निःशूल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ .

विश्व नारी दिवसको पूर्वसन्ध्यामा प्रतिष्ठानले निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

त्यसक्रममा फिजिसियन, स्त्री तथा प्रसूति रोग, छाला तथा यौन रोग र नाक, कान, घाटी रोग सम्वन्धि विशेषज्ञ सेवा प्रदान गरिएको चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालिका प्रमुख अरविन्द चौधरीले जानकारी दिए ।

वरिष्ठ फिजिसियन डा संकेत रिसालले फिजिसियन, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा उर्मिला रिसालले स्त्री तथा प्रसूति सेवा, बरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा आर के झाले छाला तथा यौन र बरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डा दिनेश चौधरीले नाक कान र घाटी सम्वन्धि सेवा दिएका छन् ।

शिविरमा चिकित्सक सेवा निःशूल्क गरिएको छ । यस्तै ल्याव सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट गरिएको प्रमुख चौधरीले बताए । शनिवार सेवा लिएका विरामीहरुले आगामी २४ गतेसम्म यो सेवा पाउने छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here