spot_img
Friday, October 18, 2024
Homeब्यानरचोरीमा संलग्न रही फरार रहेका २ जना पक्राउ

चोरीमा संलग्न रही फरार रहेका २ जना पक्राउ

spot_img

तनहुँ जिल्ला भानु नगरपालिका–९ वाईसजाँगरस्थित अशोक श्रेष्ठको कालिका मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलबाट करिब ५ लाख रुपैयाँ मूल्य बराबरको बिभिन्न कम्पनीका मोबाइल सेट, घडी, रिचार्ज कार्ड लगायतका सामानहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ वेशीसहर नगरपालिका–९ घर भएका २३ वर्षीय पूर्ण बहादुर गुरूङ र वेशीसहर नगरपालिका(८ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २५ वर्षीय विकास गुरूङ रहेका छन् ।
उक्त पसलबाट २०७८ कात्तिक २९ गते धनमाल चोरी भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई चोरी भएका बिभिन्न कम्पनीका मोबाइल सेट ११ थान सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर चोरी मुद्दा शीर्षकमा जिल्ला अदालत तनहुँबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here