spot_img
Saturday, September 21, 2024
Homeब्यानरचेलीबेटी बेचविखन समस्या बढ्दै

चेलीबेटी बेचविखन समस्या बढ्दै

spot_img

नेपालमा चेलिबेटी बेचविखनको समस्या विकराल बन्दै गएको छ । जोखिमपुर्ण काम गर्न पुगेका ६ सय ६२ जना किशोरी तथा बालबालिकाको विषयमा खोजतलास गरिदिन भनि परिवारबाट निवेदन परेकोमा २ सय ७८ जना मात्रै फेला परेको माइती नेपाल नेपालगंजले दिएको तथ्याङकमा छ भने तेस्रो मुलुकमा जोखिमपुर्ण का मगर्न पुगेका ३ सय ८४ जना किशोर तथा बालबालिकाको अवस्था अज्ञात रहेको छ ।बाँकेको नेपालगंजमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै माइती नेपाल नेपालगंज बाँकेका संयोजक केशव कोइरालाले अज्ञात अवस्थामा रहका किशोरी तथा बालबालिकाको अवस्था पत्ता लगाउन अझै अप्ठारो अवस्था रहेको बताए ।जोखिमपुर्ण यात्रामा रहेका ५ सय ९ जनालाई सिमा क्षेत्रबाट उद्धार गरीएको छ ।विभिन्न जिल्लाबाट मानव दलालमार्फत जोखिमपुर्ण काममा जान लागेका किशोरी तथा बालबालिकालाई नेपाल भारत सिमाक्षेत्रबाट उद्धार गरीएको हो । माइती नेपाल नेपालगंजले दिएको जानकारीमा सन् २०२३ को जनवरी देखि डिसेम्बरसम्म ५ सय ९ को संख्यालाई उद्धार गरीएको छ । यस्तै श्रम र यौन शोषणमा परेका १२ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ भने ५ सय २० जनालाई मान बेचविखन र सुरक्षित बसाई सराईबारे जानकारी दिएर पारिवारीक पुर्नमिलन गराइएको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बरसम्ममा ४ सय ७९ जनालाई नेपालभारत सिमाक्षेत्रबाट परामर्श दिएर घर फिर्ता गराइएको छ भने एक वर्षमा २ जना विरुद्ध मानव बेचविखन सम्बन्धी घटनामा मुद्धा दर्ता गराइएको छ । यस्तै एक वर्षमा १२ वटा घरेलु हिंसाको घटना आएकोमा ५ वटा घटनाको समाधान गरीएको र ३ वटा जबरजस्ती करणीका घटनाका पक्षमा वकालत गरीएको छ । मानव बेचविखन तथा ओसार पसार विरुद्ध काम गर्ने अन्तराष्ट्रिय स्तरका संस्थासँग समन्वय गरेर खोजी गर्ने काम भैरहेको संयोजक कोइरालाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here