spot_img
Friday, September 20, 2024
Homeब्यानरचुनावमार्फत राष्ट्रघातीहरुलाई जनताले कारबाही गर्नेछन ः मन्त्री अथक

चुनावमार्फत राष्ट्रघातीहरुलाई जनताले कारबाही गर्नेछन ः मन्त्री अथक

spot_img

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आगामी निर्वाचन मार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरुलाई कारबाही गर्ने बताएका छन । २७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धी भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागिपरेको भन्दै जनताले त्यस्ता तत्वहरुलाई निर्वाचन मार्फत कारबाही गर्ने बताएका हुन ।
देशमा अहिले पनि गम्भीर प्रतिक्रान्ति र राष्ट्रघातका खतराहरु मडारीरहेको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाली जनता त्यो महान जनता हो जसले सयौं वर्षको राजतन्त्र समाप्त गरेर आफ्नो शासन ब्यवस्था आफैले रोजेको हो, तसर्थ राजनितिका नाममा गरीने तमाम खालका हर्कतहरु चिर्न नेपाली जनता सक्षम छन ।”
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका मन्त्री अथकले महान सहिदहरुको बलिदानबाट प्राप्त ब्यवस्था माथी ब्यवस्था बिरोधी तत्वले हालिमुहमली गरीरहेको बताए । गणतन्त्रका बिरोधीहरुले परिवर्तनको नेतृत्व गरेको माओवादी माथी ज्यादती गर्न खोजिरहेकाले जनता जागरुक हुनुपर्ने अवस्था आएको बताउँदै मन्त्री अथकले आफ्नो अधिकार प्राप्तीकालागी गणतन्त्रपक्षधरहरु पुनः एकजुट हुनुपर्ने बताए ।
जनयुद्धको बलमा संघियता, धर्मनिरिपेक्षता, समावेशी समानुपातीक प्रतिनिधित्व सहितको गणतन्त्र स्थापित गर्ने माओवादी संसारका कुनै पनि प्रतिक्रियावादीको अगाडी नझुक्ने बताउँदै मन्त्री अथकले राष्ट्रिय हित, स्वाधिनता, प्रतिष्ठा र जनताको सर्वोपरी हितकालागि सदैब लागिपर्ने समेत प्रष्ट पारे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here