spot_img
Monday, September 23, 2024
Homeब्यानरचिलीमा भेटियो संसारकै बुढो रुख, ५४८४ वर्ष पुगेको पुष्टि

चिलीमा भेटियो संसारकै बुढो रुख, ५४८४ वर्ष पुगेको पुष्टि

spot_img

पृथ्वीमा रहेका रुखहरूमध्ये सबैभन्दा बुढो रुख कति वर्षको होला रु के तपाईं पत्याउनुहुन्छ कि संसारको सबैभन्दा पूरानो रुख झण्डै साढे ५ हजार वर्ष उमेरको छ ।
चिलीको दक्षिणी इलाकास्थित एक राष्ट्रिय निकुञ्जमा रहेको यो हजारौं वर्ष पूरानो रुख अहिले पनि हराभरा छ ।
दक्षिण चिलीको अलर्स कोस्तेरो राष्ट्रिय निकुञ्जमा यो रुख रहेको छ । उक्त रुखको नाम साइप्रेस ट्री हो । यो रुखलाई वनस्पतीविद्हरूले ग्रेट ग्राण्डफादर पनि भन्ने गरेका छन् ।
फ्रान्सको पेरिसस्थित क्लाइमेट एण्ड इनभाइरोमेन्ट साइन्सेस ल्याबका पर्यावरणविद जोनाथन बारिचविचका अनुसार उक्त साइप्रेस ट्री को उमेर ५४८४ वर्ष भएको छ ।उनका अनुसार उक्त रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । यो एक संकटापन्न प्रजातिको रुख हो ।जोनाथनका अनुसार कम्प्युटर मोडेलका माध्यमबाट रुखको विकासको ८० प्रतिशत कहानी ठ्याक्कै पत्ता लगाउन सकिन्छ । त्यसरी पत्ता लगाइएको उमेरभन्दा वास्तविक उमेर कम हुने सम्भावना केवल २० प्रतिशत मात्र रहन्छ ।
स्मरण रहोस् यसअघि अमेरिकाको क्यालिफोर्नियास्थित ह्वाइट माउन्टेन्समा रहेको ब्रिस्टलकोन सल्लाको रुख सबैभन्दा बुढो रुखको रुपमा रहेको थियो । मेथुसेलाह नामक उक्त सल्लाको रुखको उमेर ४८५३ वर्ष छ । तर चिलीमा फेला परेको साइप्रेस रुखको उमेर उक्त सल्लाको भन्दा करिब ६ सय वर्ष बढी छ ।एजेन्सी,अनलाइनबाट

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here