spot_img
Monday, September 16, 2024
Homeबजारघटनामा संलग्न दोषीलाई कारबाही माग गर्दै प्रर्दशन

घटनामा संलग्न दोषीलाई कारबाही माग गर्दै प्रर्दशन

spot_img

बाँकेको राप्ती सोनारीमा भएको धारिलो हतियार प्रहारको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै तरुण दल बाँकेले प्रर्दशन गरेको छ । कोहलपुरमा आइतबार दिउँसो तरुण दलका कार्यकर्ताले एक घण्टा सडकमा प्रर्दशन गरेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका ब्यक्तिले शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गर्दा राप्ती सोनारी(२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ(७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएका थिए । घाइते दुबैको भारतको लखनउमा उपचार भइरहेको छ ।

घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी(२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनाको भत्र्सना गरेको नेपाल तरुण दल बाँकेका कार्यकर्ताले बिरोध स्वरुप कोहलपुरमा आइतबार दिउँसो प्रर्दशन गरेका हुन् ।

प्रर्दशनका कारण केहीबेरसम्म यातायात सेवा प्रभावित बन्न पुगेको थियो । ईलाका प्रहरी कार्यालय कोहलपुर, चौराहा तथा न्यूरोड क्षेत्रमा ठुलो संख्यामा उपस्थित भएका तरुण दलका कार्यकर्ताले दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका थिए ।

उक्त घटनाको तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह र सचिव बिनोद रिजालसहित तरुण दलको क्षेत्र र पालिका स्तरिय समितिले पनि विज्ञप्तीमार्फत निन्दा गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here