spot_img
Friday, December 5, 2025
Homeबजारग्लोबल डेरीले बाँके र बर्दियामा पनि उत्पादन विक्री वितरण शुरु गर्दै

ग्लोबल डेरीले बाँके र बर्दियामा पनि उत्पादन विक्री वितरण शुरु गर्दै

spot_img


ग्लोबल डेरी प्रा.लि.ले बुद्धभूमि ‘ब्राण्ड’का दुग्ध उत्पादन बाँके र बर्दियामा पनि वितरण शुरु गर्दै छ । बुधबार नेपालगञ्जमा पत्रकार सम्मेलन मार्फत बिहीबार देखि विक्री वितरण शुरु गर्ने ग्लोबलले जनाएको हो ।

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जलाई केन्द्र बनाएर दुवै जिल्लामा आफ्नो उत्पादनको बजारिकरण गर्ने उद्योगका प्रबन्ध निर्देशक जनक न्यौपानले जानकारी गराए ।उनले ग्रामीण क्षेत्रमा उत्पादित दुग्धलाई सङ्कलन, प्रशोधन एवं विविधिकरण गरी नेपाल अधिराज्यको प्रमुख शहरमा बिक्री वितरण मार्फत बजारमा रहेको पैसा ग्रामीण भेगमा प्रवाह गर्ने गरी ग्रामीण अर्थतन्त्रलाई नै टेवा पुर्याउने मुख्य उद्देश्यका साथ कम्पनीको स्थापना भएको बताए ।२०५२ साल देखि तानसेन पाल्पामा डेरी उद्योग सञ्चालन गरेका थानेश्वर न्यौपानेको अगुवाइमा कमल न्यौपाने र जनक न्यौपाने समेतको मुख्य लगानीमा २०७० साल माघ १९ गते महाराजगञ्ज १ कपिलवस्तुमा दूग्ध संकलन केन्द्रको स्थापना भएको थियो ।२०७२ सालमा बुद्धभूमि नगरपालिका–९ इमिलियामा मुख्य प्रशोधन केन्द्र स्थापना भई बुद्धभूमि ब्राण्डमा विभिन्न प्रकारका दुग्ध एवं दुग्धजन्य पदार्थहरू उत्पादन भई बिक्री वितरण कार्य प्रारम्भ भएको थियो ।

कम्पनीले हालसम्म नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, अर्घाखाँची र पाल्पामा गरी जम्मा ८१ वटा संकलन एवं चिस्यान केन्द्र स्थापना गरी कम्पनीले दैनिक ४०र५० हजार लिटर दूग्ध सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरणको कार्य गर्दै आइरहेको छ ।
जसबाट वार्षिक करिब १.५ अर्ब रुपैया बजारको पैसा सङ्कलन भई ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको छ । करिब २० हजार कृषक परिवारबाट उत्पादित दूग्ध प्रत्यक्ष रूपमा सङ्कलन गरिरहेको छ भने अर्कोतिर उल्लेखित जिल्लाहरूमा स्थापित निजी दूग्ध सङ्कलन, चिस्यान केन्द्र एवं दुग्ध उत्पादक सहकारी संस्था मार्फत सङ्कलन भइरहेको दुग्ध समेत खरिद गर्दै आइरहेको छ ।

कृषकद्वारा उत्पादित दुग्धको ३सय ६५ दिन नै खरिद गर्ने ग्यारेन्टी सहित समयमा दुग्धको भुक्तानी भइरहेको छ । कम्पनीले कृषकलाई आवश्यक पर्ने दाना चोकरको व्यवस्था, पशु विमामा सहयोग, भ्याक्सिनेसनमा सहयोग एवं सामान्य खालको औषधि उपचारमा समेत सहयोग गर्दै आइरहेको न्यौपानेले बताए ।
‘कम्पनीले विगत पाँच वर्षदेखि बाँके र बर्दिया जिल्लाका चिलरिया, मटैया, मिलनचोक, बेतहानी, खजुरा, तमौलीपुर, सितापुर, पचासा, गणेशपुर, ताराताल र राजापुर मा मुख्य चिस्यान केन्द्र स्थापना गरी दूध संकलन कार्य गर्दै आइरहेको छ भने अन्य ३० वटा शाखा दूध संकलन केन्द्रहरू समेत सञ्चालन गरी दूग्ध खरिद कार्य गर्दै आइरहेको छ ।’ न्यौपानेले भने ।

जसमा प्रत्यक्ष रुपमा करिब ८ हजार कृषक परिवार बाट उत्पादित दुग्ध संकलन भइरहेको छ । ग्लोबल डेरी प्रा.ली.ले दुग्ध सङ्कलन केन्द्रहरू विस्तार गरी दुग्ध सङ्कलन कार्य सुरु गरेपश्चात् बाँके र बर्दिया जिल्लामा मिल्क होलिडेको समस्या देखिएको छैन । कम्पनीले काठमाडौँमा अर्को प्रशोधन उद्योग स्थापना गरी काठमाडौँ उपत्यकामा दुग्ध तथा दूग्धजन्य पदार्थहरू बिक्री वितरण गर्दै आइरहेको छ ।

कपिलवस्तु स्थित प्रशोधन उद्योगबाट उत्पादित तथा दुधजन्य पदार्थहरु दाङ, रुपन्देही, पाल्पा, स्याङ्जा, अर्घाखाँची, कास्की, नवलपरासी, चितवन लगायतका जिल्लाहरूमा बजारीकरण गर्दै आइरहेको छ । कम्पनीले हाल २५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी सिर्जना गरेको र अप्रत्यक्ष रुपमा लाखौं मानिसहरू यो कम्पनीसँग जोडिएको अवस्था छ ।

कम्पनीले नेपालकै सबैभन्दा ठूलो क्षमता हुने गरि अत्याधुनिक प्रविधि सहितको आफ्नो उद्योग विस्तार परियोजना कार्य समेत अगाडि बढाइरहेको छ । जसपश्चात दैनिक २ लाख लिटर दुग्ध प्रशोधन भई धुलो दूग्ध लगायत अन्य विभिन्न प्रकारका दूग्ध एवं दूग्ध जन्य पदार्थहरु अत्याधुनिक प्रविधिको प्रयोग भई उत्पादित हुनेछन् । उद्योग विस्तार परियोजना सम्पन्न भएपश्चात् थप १०० जनाको रोजगारी सिर्जना हुनेछ ।

नेपाल अधिराज्यभरका प्रमुख व्यावसायिक सहरहरूमा दूग्ध तथा दूग्धजन्य पदार्थहरूको बिक्री वितरणको कार्य थप विस्तार हुनेछ भने नेपाली स्वादका विभिन्न प्रकारका दुग्ध एवं दूग्धजन्य पदार्थहरू बाह्य मुलुकहरूमा समेत निर्यात हुनेछ । जसको कारण नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटामा समेत सानो भएपनि सहयोग पुग्नेछ । कम्पनीद्वारा बुद्धभूमि ब्राण्डमा उत्पादित उच्च गुणस्तरका दुग्ध एवं दुग्धजन्य पदार्थहरू पश्चिम नेपालको बजारमा समेत उच्च माग भएको हुँदा कम्पनीले २०८२ श्रावण १ गतेदेखि नेपालगञ्जमा दूग्ध तथा दुग्धजन्य पदार्थ वितरण केन्द्र को स्थापना गर्न लागेको छ ।

न्यौपानेले थप भने, ‘पश्चिम नेपालका ठूला सहरहरूमा बुद्धभूमि ब्राण्डका दुग्ध तथा दूग्ध जन्य पदार्थहरूको बिक्री एवं वितरण गर्ने कार्य प्रारम्भ हुनेछ । नेपाल एक कृषिप्रधान देश भएको कारणले पनि यहाँका अधिकांश नागरिक कृषि पेशामा आबद्ध रहेको पाइन्छ कृषि पेशामा पनि पशुपालन मार्फत दुग्ध उत्पादन व्यवसाय आम नागरिकको प्रमुख पेशाको रूपमा रहेको छ ।’

दुग्ध बिक्री वितरणबाट हुने आम्दानी बाट नै आम नागरिकको दैनिक जीविकोपार्जन हुँदै आइरहेको छ । तसर्थ आम नागरिकको प्रमुख आयस्रोत र जीविकोपार्जनको माध्यम रहेको दुग्ध उत्पादन व्यवसाय भएकोले कृषकद्वारा उत्पादित दुग्धको सहज बजार पहुँच को लागि कम्पनीले विभिन्न चिस्यान केन्द्रहरू, सङ्कलन केन्द्रहरू स्थापना गर्ने कार्य प्राथमिकताका साथ अगाडि बढाउँदै लगिरहेको छ ।

सङ्कलन भएको दुग्धलाई प्रशोधन विविधिकरण गरि आन्तरिक बजार र बाह्य मुलुकमा बजारीकरण को कार्यलाई समेत अगाडि बढाउँदै गएको छ । उत्पादित दूग्धको सहज बजारीकरण होस् र पश्चिम नेपालमा मिल्क होलिडेको पूर्णरूपमा अन्त्य होस् भनि कम्पनीले आफ्नो क्षमता अभिवृद्धि को कार्य गर्दै आइरहेको छ ।

वार्षिक रूपमा तीन तहका सरकारहरू अरबौं रुपैयाँ कृषि क्षेत्रमा अनुदानको नाममा वितरण गर्दै आइरहेका छन् तर पश्चिम नेपालमा उत्पादित दूग्धलाई सङ्कलन प्रशोधन विविधिकरण र बजारीकरण गर्ने कार्य गर्दै आइरहेको ग्लोबल डेरी प्रालीले हालसम्म नेपाल सरकारबाट कुनै पनि अनुदान प्राप्त गर्न सकेको छैन । नेपाल सरकारले आगामी दिनमा यस्ता उद्योगहरुलाई प्रोत्साहन गर्न सकेमा खाडी मुलुकमा श्रम बेच्न बाध्य आम युवाहरू स्वदेशमै पशुपालन गरी मनज्ञ आम्दानी गर्न सक्ने थिए । अर्कोतिर ठूलो लगानी गरी स्थापना भएका यस्ता उद्योगहरू जीवन्त रहन सक्ने न्यौपानेले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here