spot_img
Tuesday, January 14, 2025
Homeब्यानरगौरव स्मृती अक्षयकोषमा ७ लाख घोषणा

गौरव स्मृती अक्षयकोषमा ७ लाख घोषणा

spot_img

गौरव फाउण्डेशन एण्ड बी यौर सेल्फ नेपालगञ्जले गौरव स्मृती अक्षय कोष घोषणा गरेको छ । मंगलबार बाँकेको नेपालगंजमा उक्त संस्थाले अक्षयकोषमा ७ लाखको अक्षय कोषको घोषणा गरेको हो ।
कोषका संरक्षक प्रदिप शाहले आफ्नो छोरा गौरव शाहको जन्मदिनको अवसरमा गौरव फाउण्डेशन एण्ड बी यौर सेल्फको नाममा सात लाखको चेक हस्तान्तरण गरेका हुन । शाहले कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माको हातबाट संस्थालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
संरक्षक शाहका २२ वर्षिय छोरा गौरव शाहको असार १ गते अल्पआयुमै निधन भएको थियो । सानैदेखि समाजका निम्ति केही गर्नु पर्छ भनेर चाहना राखेका गौरवले २०७७ सालमा बी यौर सेल्फ भन्ने संस्था संचालन गरेका थिए । संचालन लगतै संस्था मार्फत विभिन्न कार्यक्रम समेत गर्दे आईरहेका उपाध्यक्ष पेरेक्षा केसीले बताईन । संस्थाका मुख्य व्यक्ति रहदै आएका गौरवको गत असार १ गते निधन भएको हो ।गौरवको निधन पश्चात संस्थाले अझै बैधानता पाउन सकेको छैन ।
संस्थाको अक्षय कोषका लागि विभिन्न व्यक्तित्वहरुले सहयोग तथा प्रतिबद्धता समेत गरेका छन । यसैगरी समाजसेवी तथा फुल्टेक्रा मा.वि.का संरक्षक समेत रहेका माधव राम वर्माले कोषमा २५ हजार सहयोग गर्ने प्रतिबद्धता गरको छन भने औषधी व्यवसायी संघ बाँकेका सचिव तथा जे.शर्मा मेडिकल हलका संचालन जीवन शर्माले २५ हजारको चेक संस्थालाई हस्तान्तरण गरेका छन ।त्यसै गरी साहु समाज समिति बाँके अध्यक्ष हंशराम साहुले २१ हजार रुपैया अक्षय कोषलाई हस्तान्तरण गरेका छन ।संस्थाका सदस्य शेखर जोशीले कोषको रकमलाई सहि सदुपयोग गरीने बताएका छन ।कार्यक्रममा समाजसेवी दिपेन्द्र कुमार जोशी,तोजेन्द्र विक लगायतले मन्तव्य राखेको थिए ।अनुपममा चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी माधवराम वर्मा,विशिष्ट अतिथिमा बागेश्वरी असल शासन क्लवका कार्यकारी निर्देशक नमस्कार शाह, औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय बस्नेत, सह९कोषाध्यक्ष सुदिप खडका, पत्रकार, संस्थामा संलग्न युवा लगायतको सहभागिता थियो । कार्यक्रम नेपालगंज उपमहानगरपालिका नगर स्तरीय मेलमिलाप केन्द्रका संयोजक महासचिव शिव कुमार वर्माले संचालन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.