spot_img
Monday, September 16, 2024
Homeकला/साहित्यगुल्मेली समाजद्वारा तिजको पुरस्कार तथा सम्मान

गुल्मेली समाजद्वारा तिजको पुरस्कार तथा सम्मान

spot_img

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षता, व्रह्माकुमारी विश्वविद्यालय नेपालकी केन्द्रीय उपाध्यक्ष तथा नेपालगन्ज केन्द्रकी प्रमुख व्रह्माकुमारी दुर्गाको प्रमुख आतिथ्य तथा लुम्बिनी प्रदेश सभासद् मीना श्रेष्ठको विशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका सदस्यहरुका १२ कक्षामा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण छोरा र छोरीलाई पुरस्कृत गरियो भने गुल्मेली समाजका भजन किर्तन टोलीका ११ जनालाई सम्मान गरेकोछ ।
प्रमुख अतिथि व्रह्माकुमारी दुर्गा र विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सभासद् मीना श्रेष्ठले कक्षा १२ मा सर्वोत्कृष्ट अंक ३.३१ जिपिए ल्याएर उत्तीर्ण हिमनाथ पौडेल र पवित्रा पौडेलकी सुपुत्री भूमिका पौडेल र सर्वोत्कृष्ट अंक २.८५ जिपिए ल्याएर उत्तीर्ण देवीलाल मरासिनी र धनुमाया मरासिनीका सुपुत्र विजय मरासिनीलाई जनही नगद रु.५ हजार एक सय सहित सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
गुल्मेली समाज सेवा समिति बाँकेका कोषाध्यक्ष प्रदीप सापकोटाका अनुसार समितिले हरेक वर्ष कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने १ जना छात्र र १ जना छात्रालाई हरेक वर्ष सम्मानका साथ पुरस्कृत गर्ने गरेको छ । प्रमुख अतिथि व्रह्माकुमारी विश्वविद्यालय नेपालकी केन्द्रीय उपाध्यक्ष तथा नेपालगन्ज सेवा केन्द्रकी प्रमुख व्रह्माकुमारी वरिष्ठ राजयोगिनी दुर्गाले सहभागी महिलाहरु वीच उत्प्रेरणात्मक मन्तव्य व्यक्त गर्नु आफु यो समाजमा नारी शक्ति र महिमाको चर्चा गर्दै अहिले कलियुगको उत्कर्षमा भएकोले नारीहरु असरक्षित भएको चर्चा गर्नु भयो । पवित्र तिज पर्वको अवसरमा आफु भित्रको रिस, राग द्वेस हटाएर सबैसंग प्रेम, सद्भाव राखेर आफुलाई भित्री रुपमा अझ बलियो बनाउने संकल्प गर्दै व्रत बस्न आव्हान गरेकि थिइन ।
कार्यक्रममा समितिका संस्थापक संयोजक पूर्णलाल चुके, खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपति, संस्थापक अध्यक्ष लक्ष्मण प्रसाद गौतम, पूर्व अध्यक्ष भास्कर काफ्ले, रुपईडिहा पत्रकार संघका अध्यक्ष शेरसिंह कशौधन, दैनिक नेपालगन्जका स्तम्भकार मित्रलाल सापकोटा, अधिवक्ताद्वय ईश्वरी प्रसाद ज्ञवाली र बसन्त गौतम, पत्रकारहरु मधु पौडेल, पवन जायसवाल, वरिष्ठ व्यवसायी विष्णु प्रसाद गौतम लगायत करीब दुई सय बढीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा समाजका सचिव हिमनाथ पौडेलद्वारा सञ्चालित तथा उपाध्यक्ष भीमलाल कँडेलले स्वागत गरेको सो कार्यक्रममा गुल्मेली समाज सेवा समिति बाँकेका पदाधिकारीहरु, गुल्मी जिल्लामा जन्म भई कर्मथलोको रुपमा बाँके जिल्लाको विभिन्न ठाउँमा रहेका गुल्मेलीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा विशिष्ठ अतिथि लुम्बिनी प्रदेश सभासद् मीना श्रेष्ठ र गुल्मेली महिलाहरुले मौलिक तीज गीत तथा एकल र सामूहिक नृत्य रुपमा प्रस्तुत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here