spot_img
Sunday, September 22, 2024
Homeब्यानरगिरिजाप्रसादको सम्झाना,शान्ति,क्रन्ति, परिर्वतनका नायक

गिरिजाप्रसादको सम्झाना,शान्ति,क्रन्ति, परिर्वतनका नायक

spot_img

नेपाली कांग्रेसका नेताहरुले स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्ति, क्रान्ति र परिवर्तनको नायक भएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको संगठन निर्माण र शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको भूमिका विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले कोइराला बहुप्रतिभाशाली र बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कोइरालाले शान्तिको विगुल फुकेको बक्ताहरुले बताए । १० वर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले अग्रणी भूमिका खेलेको नेताहरुले बताए ।
केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्वर्गीय कोइराला कुशल संगठक भएको बताए ।ूगिरिजाबाबुले कार्यकर्ताका कुरा सुन्नुहुन्थ्यो, मनोबल बढाउनुहुन्थ्यो, ढाडस दिनुहुन्थ्यो, बाल्मिकीले भने“उहाँ शान्ति र परिवर्तनको नायक हो, जुन कुरा बोल्नुहुन्थ्यो, त्यो पूरा गर्नुहुन्थ्यो, उहाँले बोलेपछि संसद पुनःस्थापना भयो, संविधानसभाको चुनाव भयो, मुलुक गणतन्त्रमा गयो, उहाँ नेपाली राजनीतिको अनुकरणीय व्यक्तित्व हो ।” कोइरालाले आफ्नो आदर्श बनाएको सहमति, सहकार्य र एकताको सूत्रबाट अब पार्टीलाई एकाकार बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता केन्द्रीयसदस्य बाल्मिकीले औंल्याए ।
नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीकोे सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णकुमारी सापकोटा, संविधानसभा सदस्य बादशाह कुर्मी र अब्दुल हमिद सिद्दिकी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, निवर्तमान जिल्ला सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर १ क का क्षेत्रीय सभापति लक्ष्मण थारु, नेपालगञ्ज नगरसभापति एवम् नगर प्रमुख प्रशान्त विष्ट लगायतले स्वर्गीय कोइरालाको मार्गदर्शनलाई अबलम्बन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । जिल्ला सदस्य मनप्रसाद आचार्यले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।
सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसाद कोइरालालाई जान्छ । कोइरालाको जन्म वि।सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here