spot_img
Friday, October 18, 2024
Homeब्यानरखोप अभियानलाई तिव्रता दिदै बाँके

खोप अभियानलाई तिव्रता दिदै बाँके

spot_img

बाँके -कोभिड–१९ले थला परेको बाँके जिल्ला यतिबेला खोप अभियानमा व्यस्त भएको छ । भारतसँग प्रत्येक्ष रुपमा सिमा जोडिएको जिल्ला बाँकेमा कोभिडको तेस्रो भेरियन्ट ओम्नीक्रोनको रोकथाम तथा कोभिडको कारणले यहाँका जनताहरुको मृत्यु नहोस भन्ने हेतुले खोप अभियानमा व्यस्त भएको हो ।
खुला सिमा नाकाका कारण कोरोनाको हरेक चरणमा उच्च जोखिम हुदै आएको बाँके जिल्लामा पछिल्लो समय कोभिड विरुद्धका कोभिडशिल्ड,भेरोसिल तथा जोनसोन तीनै प्रकारका खोपहरु अभियानका रुपमा अगाडी सार्दै आएको छ ।बाँकेका आठ स्थानिय तहमा खोप अभियानलाई विभिन्न घुम्ती शिविर मार्फत परिक्षण तथा खोज र खोप अभियानका नामले विहिबारबाट संचालनमा ल्याइएको छ । विगतमा खोपलाई नकारात्मक रुपमा हेरेका स्थानियहरुले पनि पछिल्लो पटक खोपलाई निकै महत्वका साथ लिएको स्थानियहरु बताउछन ।

खोप अभियानको अवलोकन गर्दे जिल्ला प्रशासन बाँके प्रमुख सुर्य बहादु खत्री,जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख श्याम कृष्ण अधिकारी,जन स्वास्थ्य बाँके प्रमुख धिरजंग शाह लगायतको टिम

खोपका बारेमा नकारात्मक टिप्पणीले गर्दा अधिकांश जनताहरु खोपबाट बञ्चित भएको हुदाँ अहिले आएर खोपले कोभिडबाट बचाउँछ भन्ने कुरा थाहा पाउँदा अहिले मानिसहरु खोपका लागि हानथाप गरेको बताउँछन नरैनापुर गाउँपालिका–१ कटकुवाईयाका राजकुमार तिवारी ।यसैगरी सोही पालिकाका सुरेश कुमार यादवले खोप अभियान संचालन गरेर सरकारले निकै राम्रो गरेको बताउँछन । यादव भन्छन,“अहिले विदेश जान होस,वा सरकारी अफिस खोप कार्ड चाहिने हुदाँ मानिसहरु खोप लगाउन आएका छन जुन राम्रो कुरा हो ।”खोपकै अभावका कारण अधिकांशको ज्यान गएको हुदाँ खोपमा लगाउने विषयमा विशेष जोड दिएको स्थानिय प्रशासनको विश्वास रहेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख सुर्य बहादुर खत्रीका अनुसार अहिले खोपलाई बढि प्राथमिकतामा राखेको छ । प्रमुख खत्रीका अनुसार खोपका लागि विभिन्न कार्यक्रम जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ ।बाँके जिल्लामा ५५ प्रतिशतले पुर्ण खोप लगायतको अवस्थामा खोपलाई अझै बढि प्रभावकारी बनाउनका लागि विभिन्न कार्यक्रमहरु बनाएर अगाडि बढि रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बताउँछन । जिल्ला जनस्वास्थ्य बाँकेका प्रमुख धिरजंह शाह भने,“पहिलो खोप लगाउने ८४ प्रतिशत रहेको अवस्था हो भने बाँकी ५५ प्रतिशतले पुर्ण खोप लगाएको अवस्था हो,अहिले हामीले खोज,खोप र परिक्षण गर भन्ने अभियानका साथ अगाडि बढेका छौ ।”बाँकेमा कोभिड विरुद्धको खोपलाई ८० प्रतिशत भन्दा माथि पु¥याउनु उदेश्यले परिक्षण,खोज र खोप अभियानसंग खोप लगाउनबाट बञ्चित भएकाहरुलाई समेत खोप दिदै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here