spot_img
Friday, September 20, 2024
Homeब्यानरखजुरामा बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

खजुरामा बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

spot_img

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम शनिवार खजुराको मिनि पार्कमा सम्पन्न गरेको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । संस्थाले गरेको कार्यप्रति विश्वस्त पार्न, वित्तिय संस्थाबारे भ्रम चिर्न, गुनासो र चुनौती बारे छलफल, धितो कर्जा कसरी चलाउने लगायतका विषयमा केन्द्र प्रमुखहरुलाई प्रशिक्षण गरिएको थियो । एक दिने गोष्ठीमा २ सय ६ केन्द्रका केन्द्र प्रमुखको उपस्थिति रहेको खजुरा शाखाका प्रबन्धक सञ्जित ओलीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका विषयमा गहन छलफल गरिएको शाखा प्रमुख ओलीले बताउनुभयो ।
साक्षरता कार्यक्रममा उत्कृष्ट कार्य गरेको ५ वटा केन्द्र पुरस्कृत भएका छन् । जसमा १४० केन्द्र नं। जानकी गाउँपालिका वडा नं। ३ मानपुर प्रथम भएको छ । पुरस्कृत ५ वटा केन्द्रलाई संस्थाले कदरपत्र सहित सम्मान गरेको छ ।
उक्त केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता स्थानिय सरुचन्द्र ठकुरीले गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि वडा नं। ३ का वडा सदस्य सुमित्रा विश्वकर्माले रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय कार्यालय अन्तरगत कोहलपुर अनुगमन अधिकुत राजेश भण्डारी, शाखा प्रबन्धक सञ्जित ओली, स्थानिय समाजसेवी भक्त बहादुर बुढाथोकी, शेषकान्त कडेल, एकनारायण सापकोता लगायतको उपस्थिति रहेको थियो । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय खजुरामा २६४६ सदस्य रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here