spot_img
Monday, September 16, 2024
Homeब्यानरखजुरामा एमालेको ११२ बुंदे प्रतिवद्धता सार्वजनिक

खजुरामा एमालेको ११२ बुंदे प्रतिवद्धता सार्वजनिक

spot_img

नेकपा एमाले खजुरा गाउँपालिका कमिटीले स्थानीय तह निर्वाचनका लागि ११२ बुँदे प्रतिवद्धता पत्र सार्वंजनिक गरेको छ । खजुरामा मंगलबार एक कार्यक्रमका बीच एमाले खजुराले प्रतिवद्धता सार्वजनिक गरेको हो ।एमाले बाँकेका अध्यक्ष किश्मतकुमार कक्षपति, जिल्ला सचिव रत्न खत्री, गाउँपालिकाका संस्थापक उपाध्यक्ष एकमाया बिक, गाउँपालिका अध्यक्षका उम्मेदवार सुमन मल्ल, उपाध्यक्षका उम्मेदवार ताजारुन निशा लगायतले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।उक्त प्रतिवद्धता पत्रमा पाँच वर्षभित्र खजुराका सबै ग्राभेल सडकलाई कालोपत्रे गर्ने, कृषकलाई उत्पादनका आधारमा अनुदान दिने व्यवस्था गरिने, युवाहरुमा उद्यमशीलताको विकास गर्न २० करोडको उद्यमी युवा घुम्ती कोषको स्थापना गरिने र त्यसबाट ५ वर्षमा २ हजार युवा उद्यमी बनाउने लक्ष्य रहेको छ ।यस्तै माध्यमिक तहका सबै विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, मेरो खजुरा म सफा गर्छु भन्ने मूल नाराका साथ स्वच्छ खजुरा महाअभियान सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here