spot_img
Thursday, September 19, 2024
Homeखेलकुदक्यान र केल्मीबिच २ वर्षे सम्झौता

क्यान र केल्मीबिच २ वर्षे सम्झौता

spot_img

नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबिच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
दुई वर्षिय सम्झौता अनुसार केल्मीले आगामी दुई वर्षसम्म नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरीएको छ ।
उक्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि केल्मीले महत्वपूर्ण भुमिका निभाउनेमा आफु आशावादी रहेको बताए। कार्यक्रममा बोल्दै केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि आगामी दुई वर्षसम्म केल्मी प्रायोजनको भुमिकामा रहने बताए । उनले सम्झौता अवधि आवश्यकताका आधारमा बढाउँदै लैजाने जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here