बाँकेको स्थानिय तह कोहलपुर नगरपालिकाले आफ्नो १२ औ स्थापना दिवस बैशाख २५ गते विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कोहोलपुर नगरपालिका १२ औ स्थापना दिवस तथा वार्षिकोत्सव २०८२ लाई नगरपालिकाले स्थानिय कला संस्कृतिको उत्थान ,निजीक्षेत्रसँगको साझेदारी र क्रियाशिल व्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रम गर्दै आफ्नो वार्षिक उत्सव मनाउने भएको हो ।दिवसलाई भव्य र सभ्य बनाउन लागि नगर प्रमुख पुर्ण प्रसाद आचार्यको संयोजक्तत्वमा ५०१ सदस्यीय मुल समारोह समिति गठन गरीएको शनिबार एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरीएको छ । स्थापना दिवसलाई भव्य र सभ्य बनाउनका लागि बैशाख २१ ग्ते देखि बैशाख २५ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । पञ्चे बाजा,टप्पा,थारु,गन्धर्व ,मयुर लगायतका स्थानीय मौलिक पहिचान झल्कने कला सस्कृतिको समेतको प्रदर्शनी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।स्थानिय स्थापना दिवसका संयोजक तथा वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले पत्रकार सम्मेलन मार्फत जानकारी दिदै स्थापना दिवसमा सामुहिक नृत्य प्रतियोगिता ,खुल्ला कविता प्रतियोगिता,विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,कर्मचारी ,जनप्रतिनिधि,उद्योगी व्यवसायी र पत्रकार बीच भलिवल प्रतियोगिता लगायतका कार्यक्रम गरीने भएको बताए ।स्थापना दिवसको दिन कोहलपुर नगरपालिका वडा नं.११ न्युरोड स्थित खुला मैदानमा भव्य समारोहका बीच औपचारीक कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गरीएको छ । उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री माननिय जन्मजय तिमिल्सेना प्रमुख अतिथिको रुपमा रहने र मुख्य समारोहमा कोहलपुर नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउने व्यक्तिहरु तथा संस्थाहरुलाई सम्मान गर्ने समेत जानकारी दिइएको छ ।स्थापना दिवसको अवसरमा बैशाख २१ गते नृत्य प्रतियोगिता,२२ गते कर्मचारी र जनप्रतिनिधि,उद्योगी व्यवसायी र पत्रकार बीच भलिवल प्रतियोगिता ,खुल्ला कविता प्रतियोगिता,२३ गते महिला कर्मचारी,शिक्षिक,संघसंस्था ,संचारकर्मी बीच भलिवल प्रतियोगिता ,विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता,२४ गते रक्तदान कार्यक्रम,विद्यालय स्तरीय दौड प्रतियोगिता,निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम,२५ गते मुल समारोह बीच स्थापना दिवस लगायतका कार्यक्रम गरीने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको थियो ।पत्रकार सम्मेलनमा स्थापना दिवस सचिवालयका संयोजक तथा वडा कोलहपुर नगरपालिका वडा अध्यक्ष वीरेन्द्र कुमार शाह,नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नविन गिरी,नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष तथा कोहलपुर नगरपालिका प्रेस संयोजक प्रियास्मृती ढकाल लगायतको उपस्थिति रहेको थियो ।











