spot_img
Monday, September 16, 2024
Homeब्यानरकोरोना बन्यो रामलीला महोत्सवको बाधक

कोरोना बन्यो रामलीला महोत्सवको बाधक

spot_img

बाँकेको नेपालगञ्जमा हुदै आएको रामलीला यो वर्ष पनि नहुने भएको छ । प्रत्येक वर्ष विजया दशमीका अवसरमा बाँक जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित रामलीला मैदानमा रामलीला मञ्चन गरिदै आएको भएता पनि गतवर्षदेखि भौतिक रुपमा रामलीला गरिएको छैन ।यसपटक विजयदशमी असोजको २९ गते परेको छ । कोराना महामारीको कारण भेला,महोत्सवहरु गर्न नमील्ने भएका कारण यसपटक पनि रामलीला मञ्चन नगरिने भएको हो । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५४ औं वर्षमा प्रवेश गर्दैछ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतिकात्मक रुपमा भने केही कार्यक्रमहरु गरिने तयारी गरिएको छ । भदौ शनीबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने बारे निक्र्यौल गर्न उप समिति समेत निर्माण गरेकोे छ । सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडीयाको अध्यक्षतामा बसेको वैठकले व्यापक परामर्श गरेपछि तयारी स्वरुप नन्दलाल वैश्यको संयोजकत्वमा उप समिति गठन गरेको हो । उपसमिति मार्फत आएको सुझावका आधारमा कार्यक्रम गर्ने निर्णय गरेको हो । रामलीला सञ्चालन गर्न नसकिएपनि रामलीला मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्ने बारेमा छलफल गरिएको अध्यक्ष कानोडियाले जानकारी दिनु भयो ।पछिल्लो समय स्मार्ट लकडाउनको अवधारणा रहेको भएता पनि इतिहासिक तथा धार्मिक महत्व बोकेको रामलीला महोत्सव आयोजना नगरीदा कोरोनाको कहरनै रामलीला महोत्सवको बाधक बनेको देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here