spot_img
Monday, September 16, 2024
Homeबजारकृष्ण मावि कोहलपुरमा लाखौको अक्षयकोष स्थापना

कृष्ण मावि कोहलपुरमा लाखौको अक्षयकोष स्थापना

spot_img

कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयमा १८ लाखको भिम—कमला अक्षयकोष—२०८१ स्थापना भएको छ ।स्व. भिम बहादुर मल्ल ठकुरीको स्मरणमा उनको धर्मपत्नी कमला देवी मल्लले १८ लाखको भिम—कमला छात्रवृति अक्षयकोष—२०८१ स्थापना भएको हो । अक्षयकोष स्थापनाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर चन्दको सभापत्विमा कार्यक्रम भएको थियो ।
यो अक्षयकोष विशेषतः कक्षागत रुपमा उत्कृष्ट विद्यार्थी, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार, द्धन्द पिडित र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी मध्येबाट छनौटका आधारमा प्रतिवर्ष पुरस्कृत गर्ने रविद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पु¥याउने उद्देश्यले यो अक्षयकोषको स्थापना गरिएको हो ।विद्यालयले भिम—कमला छात्रवृति अक्षय कोष परिचालन निर्देशिका २०८१ र अक्षय कोष सञ्चालन सम्बन्धी ९ बुँदामा सम्झौता समेत भएको छ ।
सम्झौतामा भए अनुसार वार्षिक रुपमा प्राप्त हुने व्याज रकमलाई प्रत्येक वर्ष बालविकासदेखि कक्षा १२ सम्म कक्षागत रुपमा प्रथम हुने विद्यार्थीहरु १३ जना, अनाथ, गरिव तथा विपन्न, जेहेन्दार र द्धन्द पिडित १० जना र दैलेख जिल्लाबाट अध्ययन गर्न आउने जेहेन्दार विद्यार्थी ५ जना गरी २८ जना विद्यार्थीहरुलाई मुल्याङ्कन छनौट तथा सिफारिस समितिको निर्णय बमोजिम छात्रवृति वितरण गर्ने र अक्षय कोषको नाम परिवर्तन गर्न तथा अन्य कुनै कोष वा शिर्षकमा समायोजन नपाइने समेत उल्लेख गरेको छ ।
विद्यालयका प्रअ दिलिप वली (पहिलो पक्ष) र अक्षय कोषदाता कमला देवी मल्ल (दोस्रो पक्ष) रहेको र साक्षीहरु उत्तरअधिकारी पे्रम कुमारी शाही, खगेन्द्र बहादुर शाही र विद्यालयका विव्यस अध्यक्ष अमर बहादुर चन्द रहेका छन् भने कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्री प्रसाद जैसी र नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालको रोहवरमा सम्झौता गरिएको छ । अक्षय कोष कार्यक्रमका प्रमुख अथिति तथा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र प्रभावकारी शिक्षा दिन त्रिकोणात्मक सम्बन्ध बलियो हुने बताए ।
अक्षय कोषले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न मद्दत पु¥याउने मात्र होइन, उनीहरूको भविष्य उज्यालो बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले भिम—कमला अक्षयकोषको स्थापनाले नगरको शिक्षा क्षेत्रलाई ठुलो सहयोग पु¥याउने उल्लेख बताए ।
‘नगरपालिकामा यस्तो उत्कृष्ट प्रयासले शिक्षा क्षेत्रको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ’ उनले भने, ‘नगरका अन्य स्थानहरूमा पनि यस्ता कोषहरू स्थापना गर्न प्रोत्साहन गरिनु आवश्यक छ ।’ जसले गर्दा विद्यार्थीहरूलाई शिक्षा प्राप्त गर्न आर्थिक कठिनाइको सामना गर्न नपर्ने शाहको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादी (केन्द्र) कोहलपुर नगर अध्यक्ष अवराज खड्का र नेकपा (एस) का नगर अध्यक्ष शिव डाँगीले अक्षय कोष स्थापनाले थप शिक्षामा उर्जा थप भएको बताए । अक्षयकोष सञ्चालन तथा व्यवस्थापनका लागि अक्षरस पालना हुने विश्वास दिलाएका थिए । अक्षयकोषदाता कमला देवी मल्लले स्व. श्रीमान भिम बहादुर मल्ल ठकुरीको बारेमा चर्चा गर्दै शिक्षा र समाजप्रति लगाव बारे चर्चा गरेकी थिइन् ।
स्व. श्रीमान भिम भिम बहादुर मल्ल ठकुरीले शिक्षामा निकै चासो र गहिरो रुची राख्नुहुन्थ्र्यो तर उहाँ नभएपनि यो सपना मैले पुरा गर्ने लक्ष्य राखेको बताइन् । उहाँको सपना पूरा गर्न एक सानो प्रयास हो, मैले उहाँको सम्झनामा यस अक्षयकोषको स्थापना गर्न पाउँदा गर्व अनुभव गरेको छु उनले भनिन्, आशा छ यसले यहाँका विद्यार्थीहरूलाई अक्षयकोषले प्रेरित गर्नेछ र उनीहरूको शिक्षा यात्रामा सहयोग पु¥याउनेछ ।’
विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न यसले निकै महत्वपूर्ण भूमिका खेल्ने कोषदाता मल्लले बताइन् ।
कार्यक्रमका सभाअध्यक्ष अमर चन्दले अक्षयकोष स्थापना सहयोग गर्नुहुन सबैलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यलाई निरन्तरता दिनुपर्ने बताए । कार्यक्रममा सहभागि सबैलाई हृदयदेखि धन्यवाद दिँदै आगामी दिनहरुमा समेत यहाँहरुको साथ, सहयोग र सुझाव दिनुहुन अनुरोध समेत गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रअ विरेन्द्र कुमार मल्लल कार्यक्रम सञ्चालन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here