spot_img
Monday, September 16, 2024
Homeबजारकिसानका हरेक समस्या समाधान गर्न लागि परेको छु :नेपाली कांग्रेसका नेता राठौर

किसानका हरेक समस्या समाधान गर्न लागि परेको छु :नेपाली कांग्रेसका नेता राठौर

spot_img

नेपाली कांग्रेसका सहमहामन्त्री एवं संघिय सांसद किशोर सिंह राठोरले किसानका हरेक समस्या समाधानका लागि आफु लागि परेको बताए छन । नेपाल किसान महासंघ जिल्ला कार्य समिति बाँकेको घोषणा सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सहमहामन्त्री राठोरले बाँके तथा बर्दियाका किसानलाई सम्बोधन हुने गरी कार्यक्रम अगाडि बढाएको बताउँदै भने,“मैले किसानको विषयमा रहेको भुमि,सिंचाई तथा खानेपानीको विषयमा कार्यक्रम अगाडी बढाएको हुदाँ बाँकेका किसानले अव धेरै चिन्ता लिनु पर्दैन ,मैले तपाईहरुको लागि नै काम गर्ने हो ,मैले मलखादको उद्योग स्थापना गर्छु भन्न सक्दैन तर मैले गर्ने मेरो सामर्थले भ्याए सम्म गर्नेछु गरी पनि रहेको छु ।” नेपाली कांग्रेसका नेता समेत रहेको माननीय राठोरले अगाडि भने,“अझै पनि कृषकलाई मलखाद विउको समस्या रहेका छ ,तर उहाँहरुले आफ्नो कृषिलाई बढाउनका लागि गर्ने हरेक क्रियाकलापमा स्थानिय प्रशासनको सहयोग हुनु पर्दछ,यदी कुनै कृषकलाई विउ ल्याउँदा होस अथाव मलखात ल्याउन स्थानिय प्रशासनले दुख दिनु हुदैन,यस्तो भएको गरीएको छ भने तत्काल बन्द गर्नु होला ।”
यसैगरी नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेशचन्द्र तिमिल्सेनाले नेपाल किसान महासंघ वर्गिय हक र हितका लागि गठन गरीएको हुदाँ आफ्नो माउ पार्टिलाई समेत खवरदारी गर्दै आफ्नो वर्गिय हित र अधिकारका लागि लड्नु पर्ने बताउँदै भने,“नेपाल किसान महासंघ नेपाली कांग्रेस निकट भएता पनि पार्टिले गरेका कामहरु यदी किसान विरुद्ध हुन आउँछन भने आफ्नो वर्गिय हक र अधिकारका लागि लड्न पछि पर्नु हुदैन,पार्टिर्लाइ खवरदारी गर्नु समेत हाम्रो कर्तव्य हुन आउँछ ।”
यसैगरी कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका बनमन्त्री बादशाह कुर्मिले आफु बन मन्त्री भएको भएता पनि अन्य मन्त्रालयसँग समन्वय हुने भन्दै भने,“कुनै पनि किसानले आफ्नो उत्पादन गर्नका लागि जसरी पनि मलखातको व्यवस्था गर्नु सरकारको जिम्मेवारी हो तर उहाँहरुले आफ्नो तरीकाबाट समस्याको समाधान निकालि रहनु भएको छ र यसमा कसैले पनि बाधा अड्चन ल्याउने कोशिस गर्छ,त्यसको बारेमा मलाई जानकारी गराउनु होला त्यसको समाधानका लागि म हरदम यहाँहरुको साथमा छु ” ।
यसैगरी नेपाली कांग्रेस बाँकेका पार्टि सभापति नारायण गौडेलले नेपाली कांग्रेसले आफ्ना निति तथा कार्यक्रममा कृषक तथा कृषिका विषयलाई प्रथामिकतामा पार्नु पर्ने बताउँदै भने,“किसान भनेको मध्यम वर्गिय जनसमुदाय कृषिमा निर्भर गर्ने गर्दछ जुन कुरा नेपाली कांग्रेसको निति तथा कार्यक्रममा प्राथामिकतामा पार्दै प्रभावकारी ढंगले कार्यान्वयन गर्नु पर्दछ,यसमा नेपाल किसान महासंघले कृषकका पिरमर्का र समस्याहरुलाई सकारात्मक ढंगले समाधान गर्ने तर्फ अग्रसर रहनु पर्दछ ।”सभापति गौडेलले नेपाल किसान महासंघले किसानका मुद्धालाई अगाडी बढाउनु पर्ने तथा नेपाली कांग्रेस बाँके किसानका पक्षमा रहेको बताए ।
यसैगरी लुम्बिनी प्रदेश नेपाल किसान महासंघ अध्यक्ष रिता केसीले नेपाल किसान महासंघले सक्कली र नक्कली किसान छुट्टाउन संक्नु पर्ने बताउँदै भनिन,“नेपालमा कागज मिलाउन सक्ने नक्कली किसानले अनुदान पाउने गरेको र सक्कलीलाई कसरी कागज मिलाउने भन्ने विषय थहा नहुदाँ अनुदानबाट बञ्चित हुन परेको देखिन्छ,”। लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा बिकास गर्नका लागि सम्पुर्ण किसानहरुले अर्गानिक मल एवं विउको उत्पादन गर्नु पर्ने बताउँदै अध्यक्ष केसीले अगाडी भनिन,“हामीले रासायिनिक मल भन्दा पनि अर्गानिक मललाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेशका किसानलाई उत्पेरण दिनु पर्दछ,जसले गर्दा लुम्बिनी प्रदेशलाई नै अर्गानिक क्षेत्रका रुपमा विकास गर्न सकियोस ” ।कार्यक्रममा बोल्दै नव निर्वाचित नेपाल किसान महासंघ बाकेका अध्यक्ष लाहुराम थारुले किसानका विषयमा आउने सबै समस्याहरुलाई समाधानका लागि सक्रिय रहने बताउँदै भने,“हामीले किसानका मुद्धालाई समाधान गर्नका लागि पार्टिका नेता तथा पदाधिकारीहरुलाई अवगत गराउने एवं स्थानिय प्रशासनलाई ज्ञापनपत्र समेत दिने गरी कार्यक्रम बनाएर अगाडि बढ्ने छौ ” । नेपाल किसान महासंघका नवनिर्वाचित सचिव महेन्द्र मल्ल ठकुरीले सहजीकरण गरेको घोषणा सभामा नेपाल किसान महासंघ बर्दियाका पुर्व अध्यक्ष महेन्द्र तिवारी,महिला संघ बाँके अध्यक्ष उमा थापा,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि राजकुमार वर्मा,महासमिति सदस्य निरन्जन सिंह सिजापती लगायत शुभकामना दिएका थिए ।यस्तै घोषणा सभामा नवनिर्वाचित नेपाल किसान संघका उपाध्यक्ष मो।याकुव अन्सारीले स्वागत मन्तव्य दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here