spot_img
Friday, October 18, 2024
Homeब्यानरकानून व्यवसायी बीचको कुटाकुट आचारसंहिता विरुद्ध हो ः अधिवक्ता तिवारी

कानून व्यवसायी बीचको कुटाकुट आचारसंहिता विरुद्ध हो ः अधिवक्ता तिवारी

spot_img

नेपाल बार एशोसियसनको परिसर काठमाडौमा शुक्रबार दिउँसो भएको घट्नालाई लिएर बाँके जिल्लामा पनि टिकाटिप्पणी हुन थालेको छ । आम जनता तथा न्याय प्राप्तीको मुख्य केन्द्रको रुपमा रहेका अधिवक्ताहरु कुटाकुट गर्नु कानुन व्यवसायीको आचारसंहिता विरुद्ध भएको बताइएको छ । बाँकेमा लामो समय देखि समाजिक अभियान्ता तथा अधिवक्ताका रुपमा रहेका अधिवक्ता विश्वजित तिवारीले अदालतको बारवेच्चमा गएर आफुहरुले मुख तथा कानुनको माध्यमले बहस गर्ने स्थानमा भौतिक रुपमा हात हालाहाल गर्नु कानुन व्यवसायीको आचारसंहिता विरुद्ध कार्य भएको बताएका छन ।शुक्रबार दिउँसो कानुन व्यवसायीको रुपमा काम गर्दै आएका विराट न्यौपाने र भुमिनन्द चुडाल बीच विवाद हुँदा कुटाकुट भएको थियो । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेको विषयमा भनाभन हुँदा दुई जना बीच कुटाकुट भएको प्रत्येक्ष दर्शीहरु बताउँछन ।यसै विषयमा मधुर खबरलाई प्रतिक्रिया दिदै अधिवक्ता तिवारीले “‘कुनै पनि हालतमा एक वकिलले अर्को वकिललाई यसरी हात हाल्नु हुदैँन । एक अर्काको सम्मान गर्नु पर्छ । सम्बाद मार्फत समस्याको समाधान गर्नुपर्छ । हामी एउटा समाजिक इन्जिनियर हौं, आदालतको बार मञ्चमा गएर मुखको माध्यमबाट लडाई गनुपर्छ । तर भौतिक रुपमा बाटोमा गएर लडाई गर्न हाम्रो आचार संहिताले दिदैँन । यद्दापी यो कानून व्यवसायीको आचार संहिता बिरुद्ध घटना भएको हो । हामी कानूनले बाधिएका छौं, कानून साथसाथै मानव अधिकारको रक्षा गनुपर्छ ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here