spot_img
Friday, October 18, 2024
Homeब्यानरकाङ्ग्रेस नेता दिवाकर गौतमले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काङ्ग्रेस नेता दिवाकर गौतमले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

spot_img

प्यूठानका काङ्ग्रेस नेता दिवाकर गौतमले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले आज मनोनयन दर्ता गराए ।२०४८ सालमा कृष्णप्रसाद भट्टराई केन्द्रीय कार्यसमितिको सभापति भएका बेलामा उनी प्यूठानका जिल्ला सभापति थिए त्यतिबेला झापाको सभापतिमा कृष्णप्रसाद सिटौला र काठमाडौंको सभापतिमा प्रकाशमान सिंह थिए ।उनी शेरबहादुर देउवा र रामचन्द्र पौडेल जत्तिकै पुराना र सिनियर हुन । विस २०२४ सालदेखि नेपाली काङ्ग्रेसमा लागेका गौतम २०२८ सालमा नेपाली काङ्ग्रेस प्यूठानको जिल्ला कार्यसमिति सदस्य भइसकेको थिए ।२०२९ सालमा संघसंस्था खोलेको अभियोगमा अढाई वर्ष जेल परेका गौतम जेलबाट छुटेपछि पनि अनवरत राजनीतिक यात्रामा लागि रहे । प्रजातन्त्र प्राप्तिका लागि नेपाली काङ्ग्रेसले गरेको सत्याग्रह, जनआन्दोलन लगायतका सबै गतिविधिमा सक्रिय रहे । यस क्रममा पटकपटक जेल र यातना सहन बाध्य भए ।प्यूठानको दाखाक्वाडीमा विस २००९ सालमा जन्मिएका गौतम नेपाली काङ्ग्रेसमा निष्ठावान एवम् सदाचारी नेता हुन । । निडर स्वभावका नेता दिवाकरलाई माओवादी विद्रोहीले सिध्याउने प्रयास गर्यो । २०५८ साल फागुन ४ गते राति १२ बजे माओवादी जत्थाले आक्रमण गरी सुतिरहेका सबै परिवारका सदस्यलाई घरबाट निकाली घरमा भएको सुनचाँदी, धनपैसा लुटपाट गरी घरको चारैतिर शक्तिशाली बमबिषफोट गराई घरको जगैदेखि ध्वस्त बनाए ।त्यो कहालीलाग्दो रात पछि गौतम परिवार हाल सम्म पनि विस्थापित नै छ । गौतमको अनवरत राजनीतिक यात्रा जारी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here