spot_img
Friday, September 20, 2024
Homeब्यानरकांग्रेस महाधिवेशन ः देउवाको अग्रता यथावत, कोइरालाभन्दा ३ सय ८५ मतले देउवा...

कांग्रेस महाधिवेशन ः देउवाको अग्रता यथावत, कोइरालाभन्दा ३ सय ८५ मतले देउवा अगाडी

spot_img

काठमाडौँ ः कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मत गणनाको पछिल्लो रिपोर्ट अनुसार सभापति पदमा शेरबहादुर देउवा डा। शेखर कोइरालाभन्दा ३ सय ८५ मतले अगाडी रहेका छन् ।

मतगणनाको परिणामअनुसार सभापतिमा देउवाले अग्रता कायमै गरेका छन् । अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत प्राप्त गरेका हुन् । यसैगरी कोइरालाले १४ सय १३ मत प्राप्त गरेका छन् ।

देउवा र कोइरालाबीच ३ सय ८५ मतको अन्तर रहेको छ । त्यस्तै प्रकाशमान सिंहले २ सय ८६ मत प्राप्त गरेका छन् । यसैगरी विमलेन्द्र निधिले २ सय र कल्याण गुरुङले १९ मत मात्र प्राप्त गरेका छन् । मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो ।

पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । सोमबार बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको थियो । कुल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here