spot_img
Friday, September 20, 2024
Homeब्यानरकांग्रेस बाँकेको निर्वाचनका लागि फागुन १२ गते मनोनयन दर्ता गर्ने निर्णय

कांग्रेस बाँकेको निर्वाचनका लागि फागुन १२ गते मनोनयन दर्ता गर्ने निर्णय

spot_img

नेपाली कांग्रेस बाँकेको १४ औं अधिवेशन अन्तरगत हुन लागेको जिल्ला तहको निर्वाचनका लागि यही फागुन १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत ९अधिवक्ता० उदयमणि आचार्यको अध्यक्षतामा सोमबार अपरान्ह बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचनका लागि उम्मेदवार मनोनयन फाराम भने फागुन ११ गते नै वितरण गरिनेछ । कांग्रेस बाँकेको कार्यालय नेपालगन्जमा फाराम वितरण गरेर उम्मेदवारी मनोनयन भने जिल्ला समन्वय समिति बाँकेमा गर्ने निर्णय भएको सहायक जिल्ला निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।

यस्तै बैठकले फागुन १५ गतेका दिन हुने मतदानका लागि जिल्ला समन्वय समिति बाँकेलाई केन्द्र तोक्ने निर्णय पनि गरेको उनले बताए । यसैगरी निर्वाचन परिचालन समितिको सदस्यमा अधिवक्ताद्धय प्रह्लाद कार्की र कमलप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

उक्त बैठकमा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत उदयमणि आचार्य, सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, निर्वाचन परिचालन समितिका सदस्य इश्वरीप्रसाद ज्ञवाली, विरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने, भोलासिंह हमाल, मेहरसिंह खत्री, कमलप्रसाद पाण्डे र ऋषिराज शर्माको उपस्थिती रहेको थियो ।

निर्वाचन परिचालन समितिको बैठकअघि सोमबार नै कांग्रेस बाँकेका पदाधिकारी तथा क्षेत्रीय सभापतिसहितको छलफलमा आवश्यक सल्लाह, सुझाव दिइएको थियो । उक्त छलफलमा पार्टीको जिल्ला निर्वाचनका लागि फागुन १२ गते उम्मेदवारी दर्ताको समय तोक्ने सहमती भएको थियो ।

जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत ९अधिवक्ता० उदयमणि आचार्यको अध्यक्षतामा भएको छलफलमा मतदान केन्द्र जिल्ला समन्वय समितिलाई बनाउनुपर्ने सुझाव पनि दिइएको थियो । पार्टीका पदाधिकारीले फागुन १२ गते उम्मेदवारी दर्ता गरेर एक दिन उम्मेदवारी फिर्ता गर्ने समय राख्नुपर्ने सुझाव दिएका थिए ।

उक्त बैठकमा कांग्रेस बाँकेका सभापति किरण कोइराला, उपसभापति सुनिलनरसिंह राणा र फुलाराम थारु, सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा, कोषाध्यक्ष निजामुद्धिन सिद्धिकी, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, निर्वाचन परिचालन समिति बाँकेका सदस्य ९प्रवक्ता० एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, निर्वाचन परिचालन समितिका सदस्य एवम अधिवक्ता प्रहलाद कार्की र कमलप्रसाद पाण्डे उपस्थित भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here