spot_img
Saturday, September 21, 2024
Homeब्यानरकांग्रेस बाँकेको चुनावी घोषणापत्र सार्वजनिक

कांग्रेस बाँकेको चुनावी घोषणापत्र सार्वजनिक

spot_img

नेपाली कांग्रेस बाँकेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयमा आज एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरीएको हो । घोषणापत्र नेपाली कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्मा, कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, उपसभापति एवम् घोषणापत्र तयारी समिति संयोजक कृष्ण बहादुर कार्की, उपसभापति गोपाल प्रसाद अधिकारी, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, प्रबक्ता डिल्ली गिरी लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा केन्द्रिय सदस्य बाल्मिकीले पार्टीले सार्वजनिक गरेको घोषणापत्र कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे । यस्तै कांग्रेस बाँकेका सभापति गौडेलले कांग्रेसले विकास र सुशासनका सवालमा सधैं अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभा सदस्य युवराज शर्माले घोषणापत्र विकासको आधार स्तम्भ भएकाले यसलाई मूल मन्त्र मानेर अघि बढ्नुपर्ने बताए ।
घोषणापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, सञ्चार, रोजगार, कर प्रणाली, खानेपानी तथा सरसफाई, स्थानीय कला, सँस्कृति, धर्म, गरिवी निवारण, सामाजिक सुरक्षा र युवा तथा खेलकुद जस्ता बिषयहरुमा बिषयगत रुपमा काम गर्ने योजना सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेस बाँकेले सार्वजनिक गरेको घोषणापत्रमा सुशासनलाई प्रमुख रुपमा जोड दिइएको छ । सुशासनमैत्री कार्य सञ्चालन गर्न स्थानीय तहको योजना, बजेट तर्जुमा, वार्षिक सेवा प्रवाहको तालिका निर्माण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक शिक्षा प्रणालीमा प्रभावकारी अनुगमनको व्यवस्था गर्दै सबै स्थानीय नागरिकको अभिभावकत्व एवम् अपनत्वको भूमिका सुनिश्चितता गरिने कुरालाई जोड दिइएको छ ।
घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुको भौतिक संरचनालाई सुधार गरी थप स्तर उन्नति गरिने उल्लेख गरिएको छ । यसका साथै जेष्ठ नागरिक, अशक्त, एकल महिला, द्वन्द्वपीडित, सिमान्तकृत, विपन्न वर्गका बालबालिकाका लागि स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली, “घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै गाउँ तथा नगरमा पूर्ण रुपमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने कुरालाई प्राथमिकतामा राखिएको छ ।
विद्यमान पारम्परिक कृषिलाई आधुनिकीकरण गर्ने विशेष कृषि शिक्षा क्षेत्र प्याकेजहरुको पहिचान गरी सरकारी तथा गैरसरकारी संघसंस्था र स्थानीय जनताको सहभागितामा प्रभावकारी नीति निर्माण गरिने प्रतिबद्धता ब्यक्त गरिएको कांग्रेस बाँकेका उपसभापति कार्कीले बताए । उहाँले नेपालगन्जलाई क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनाउन पूर्वमा रहेको डुडुवा खोलालाई राप्तीमा डाईभर्सन गरी विस्तार गर्न संघीय सरकारसँग विशेष पहल गरिने बताए ।
बाँकेका ८ वटै स्थानीय तहका घर घरमा बिजुली बत्ती, बाटो, सडकको स्तरोन्नति गर्ने नेपाली कांग्रेस बाँकेले सार्वजनिक गरेको घोषणापत्रमा उल्लेख गरिएको छ । विभिन्न सीप सिकेर बैदेशिक रोजगारबाट फर्केर आएका जनशक्तिलाई समृद्ध स्थानीय तह बनाउन सीपको सदुपयोग गरी रोजगारी सिर्जना गर्न विशेष पहल गरिने, आवश्यकताको आधारमा स्थानीय तहभित्र पिउने पानीको अत्याधुनिक पानी ट्याङकीको निर्माण गरी पाँच वर्षभित्र सबै नागरिकको घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने, स्थानीय तहभित्र रहेका दर्ता गरिएका सबै धार्मिक मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मिक स्थलको दैनिक पूजापाठ तथा सञ्चालन गर्न मासिकरुपमा बजेट ब्यवस्था गर्ने, हरेक धार्मिकस्थलको मासिकरुपमा आय(ब्यय विवरण राख्ने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ ।युवा युवतीहरुलाई कुलतबाट बचाउन पुनर्स्थापना केन्द्रहरु सञ्चालनमा ल्याउने, स्थानीय तहभित्र यत्रतत्र छरिएर रहेका अल्पसङ्ख्यक, चिडिमार, लोपोन्मुख जात जातिहरुको लगत संकलन गरी आवास ब्यवस्थापन गर्न पहल गरिने, खेलाडीहरुको प्रतिभा पहिचानका कार्यक्रमहरु सञ्चालन गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादनमा जोड दिइएको छ ।
ुुुुु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here