spot_img
Saturday, February 21, 2026
Homeबजारकांग्रेसले बुझ्छ जनताको पीर.मर्का ः कांग्रेस नेता गौडेल

कांग्रेसले बुझ्छ जनताको पीर.मर्का ः कांग्रेस नेता गौडेल

spot_img

नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रसाद गौडेलले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई उत्सासहपूर्ण तरिकाले चुनावी अभियानमा होम्मिन आग्रह गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका ७ गेंदवा नयाँ बस्तीमा घरदैलो अघि वडा कार्यालयले आयोजना गरेको सभालाई सम्वोधन गर्दै उनले बदलिएको काँग्रेसले यो पटक रुख चिन्हमै मतदान गर्ने सुनिश्चितता गरेसँगै कार्यकर्ताहरुमा पनि उत्साह जाग्नुपर्ने बताए ।

‘बदलिएको काँग्रेसले यो पटक रुखमै मतदान सुनिश्चित गरेको छ, अब कार्यकर्तामा पनि त्यही जोश देखिनुपर्छ,’ उनले भने–‘यसअघि गठबन्धनका नाममा फरक–फरक चिन्हमा भोट हाल्यौं, तर अहिले त्यो संस्कृति भंग भएको छ । रुख चिन्हमा केन्द्रित भएर जनताको घर–घर पुग्नु हाम्रो पहिलो जिम्मेवारी हो । समयको चापले म सबैको घरमा पुग्ने अवस्था छैन । तपाईंहरु सबै घरघरमा पुगेर रुखमा भोट हाल्ने वातावरण बनाउनुहोस् ।’

उनको आवाजमा केवल भाषणको औपचारिकता थिएन । बरु गाउँ–बस्तीका वास्तविक पीडा र आशा मिसिएको भाव झल्किन्थ्यो । ‘जनताको पीर–मर्का बुझ्ने पार्टी काँग्रेस नै हो,’ उनले थपे–‘भावना र उत्तेजनामा नबग्नुस्, अलमलमा नपर्नुहोस्, जनताको सेवा गर्ने पार्टी नै काँग्रेस हो । यो कुरा प्रत्येकको घरघरमा गएर हाम्रो बुझाउनुहोस् ।’ जेनजी विद्रोहपछि बदलिएको पार्टी भनेकै काँग्रेस भएको गौडेलको भनाइ छ । वडा सभापति दशरथ कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी र समानुपातिक उम्मेदवार दीप नारायण वर्माले पनि मन्तव्य राख्दै काँग्रेसको ‘नयाँ रूपान्तरण’ को कुरा उठाए र, काँग्रेसलाई मत दिन आग्रह गरे ।क्षेत्रीय सभापति केसीका अनुसार राप्तीसोनारी गाउँपालिकाको वडा नं.६ का टेपरी र सिधनहवा, तथा वडा नं.७ का गेंदवा नयाँ बस्ती, पिपरहवा, लालपुर, उचवा झगडिया लगायतका बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिएको छ ।

घरदैलो टोलीमा पूर्व सांसद ज्ञानु केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, नेता हुर्मत न्यौपाने, महाबीर ओली, डिल्ली गिरी लगायतका अनुभवी नेतादेखि युवा नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिता थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here