spot_img
Friday, September 20, 2024
Homeब्यानरकांग्रेसले तोक्यो उम्मेदवार छान्ने समय तालिका

कांग्रेसले तोक्यो उम्मेदवार छान्ने समय तालिका

spot_img

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ले उम्मेदवार टुंग्याउने समय तालिका निर्धारण गरेको छ।उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले वडादेखि उपमहानगरपालिकासम्मका उम्मेदवार टुंग्याउने समय निर्धारण गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयले समितिका तर्फबाट टेलिफोनमार्फत जिल्लाहरूलाई पठाएको समय तालिकाअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिएको छ।यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको छ।कांग्रेसको विधानमा प्रदेश कार्यसमितिले गठन गर्ने संसदीय समितिले नगरपालिका र उपमहानगर प्रमुख–उपप्रमुखको, जिल्ला कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँपालिका अध्यक्ष–उपाध्यक्षको र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले गाउँ, नगर वडाअध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो गर्ने व्यवस्था छ।यस्तै, केन्द्रीय कार्यसमितिले गठन गर्ने संसदीय समितिले विधानतः स्थानीय निर्वाचनमा महानगर प्रमुख–उपप्रमुखको मात्रै टिकट दिने अधिकार छ।महानगर प्रमुख–उपप्रमुखको उम्मेदवारीका लागि पार्टीको महानगर कार्यसमितिले योग्यता पुगेकामध्येबाट प्रमुख र उपप्रमुख दुवैका लागि एक महिलासहित बढीमा समान तीनजनाको नाम सहमतिबाट, यदि त्यो नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनु पर्ने हुन्छ।प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय–सुझावसमेत उल्लेख गरी केन्द्रमा पठाउने छ। केन्द्रले प्राप्त नामसहितको विवरण केन्द्रीय संसदीय समितिमा पठाउने छ।केन्द्रीय संसदीय समितिले प्राप्त नाममध्ये सहमतिबाट यदि त्यसो नभए बहुमतबाट निर्णय गराउनेछ। उक्त निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने विधानमा उल्लेख छ।महानगर प्रमुख, उपप्रमुखको उम्मेदवारको निर्णय गर्दा प्रदेश कार्यसमिति सभापतिलाई केन्द्रीय संसदीय समितिको बैठकमा आमन्त्रित गर्नुपर्ने प्रावधान छ।स्थानीय तह निर्वाचन नजिँकिदा कांग्रेसले टिकट वितरण गर्ने संसदीय समिति कुनै तहमा गठन गरेको छैन। चैत १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय संसदीय समिति गठन गर्ने एजेन्डा थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here