spot_img
Monday, September 16, 2024
Homeब्यानरकर्मचारी भर्ती केन्द्र हुदैन नेपालगंज उपमहानगरपालिकाःमेयर प्रशान्त विष्ट

कर्मचारी भर्ती केन्द्र हुदैन नेपालगंज उपमहानगरपालिकाःमेयर प्रशान्त विष्ट

spot_img

बाँके नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगंज उपमहानगरपालिकालाई कर्मचारी भर्ति केन्द्रको रुपमा विकास नगरीने बताएका छन । नेपाली कांग्रेस बाँकेले आयोजना गरेको एक कार्यक्रममा मेयर विष्टले उक्त विषयको उठान गरेको हुन । स्थानिय तहमा आफु निर्वाचित भएका आएसँगै अधिकांशको अन्य काममा भन्दा पनि जागिरका लागि आउने गरेको विष्टले बताए । नेपाली कांग्रेसको विधान अनुसारको कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसबाट उम्मेदवार भई निवार्चित जनप्रतिनिधिहरु संग परामर्श तथा समन्वयात्मक कायर्मक्रममा नेपाली कांग्रेस नेपाली कांग्रेसका नगर सभापति एवं नेपालगंज उपमहानगरपालिकाका मेयर विष्टले दैनिक जसो कर्मचारी भर्नाको लागि अनुरोध पत्रहरुका आउँने गरेको बताए । यस अघिको नेतृत्वले बसालेको कर्मचारी भर्नाको तिथिलाई मेयर विष्टले कुनै पनि हालतमा लागु नगर्ने बताए । मेयर विष्टले भने,“अन्य काम त ठिकै छ तर पछिल्लो समय जागीर लगाईदिनु प¥यो भन्दै दैनिक जसो आउने गर्नु हुन्छ” । मेयर विष्टले नेपालगंज उपमहानगरपालिका विगत लामो समय देखि कार्यकर्ता भर्ती केन्द्रको रुपमा परिचत हुदै आएको भएता पनि अव त्यस्तो नहुने बताए । मेयर विष्टले कर्मचारीहरु आवश्यकता तथा योग्यताको आधारमा राखिनु पर्दछ नकी सस्तो लोकप्रियताको लागि । उनले भने,“मलाई २३ हजार बढिले मत दिनु भएको हो अव सबैलाई जागरी खुवाउन सकिने भन्ने त हुदैन ” । मेयर विष्टले नेपालगंज उपमहानगरपालिकाको विकास तथा गरिमा बढाउने सुझाव÷सल्लाहको सधैव धन्यवादको पात्र हुने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here