spot_img
Monday, September 16, 2024
Homeबजारएमाले बाँकेको २ दिने प्रशिक्षण सुरु

एमाले बाँकेको २ दिने प्रशिक्षण सुरु

spot_img

नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल बिभागको ब्यवस्थापनमा दुई दिने प्रशिक्षण बर्दियाको ठाकुरद्वारामा सोमबारदेखि सुरु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरुको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव शंकर पोखरेलले मुलुकमा लामो समयदेखी देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससंग गठबन्धन बनेको दावी गरे । महासचिव पोखरेललेले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले १० औ महाधिवेशनबाट पारित सिद्धान्त,कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिए । कार्यक्रममा पार्टीका उपमहासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले मार्क्सवादी अध्ययन,जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिए ।कार्यक्रममा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि,व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी,पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शान्ति ढकाल, केन्द्रीय सदस्य सुर्य ढकाल,मोहम्मद हारुन,पशुपति दयाल मिश्र,केन्द्रीय सल्लाहकार दलबहादुर सुनार लगायतको सहभागीता रहेको सचीव बलराम भट्टराईले बताए।यसैबीच एमाले बाँकेले जिल्ला कमिटी सदस्यको डिजिटल परिचयपत्र बनाइ जिल्ला कमिटी बैठक र कार्यक्रममा अनिवार्य गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here