spot_img
Friday, December 27, 2024
Homeब्यानरएमसिसि नेपालको हितमा हुने निश्चित भए मात्रै लागु हुन्छ ःनेता नेपाल

एमसिसि नेपालको हितमा हुने निश्चित भए मात्रै लागु हुन्छ ःनेता नेपाल

spot_img

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपालको हितमा हुने निष्चित भए मात्रै लागु गर्न सकिने बताउनु भएको छ । बाँके जिल्लाको नेपालगंजमा युवा संघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रलाई शनिबार सम्बोधनका क्रममा अध्यक्ष नेपालले एमसिसि र सुरक्षाको विचमा कुनै सम्वन्ध नहुने तथा नेपालको विशुद्ध विकासका लागि लागु हुने स्पष्टता भए मात्रै एमसिसि नेपालमा लागु गर्न सकिने बताउँनु भएको हो ।
अध्यक्ष नेपालले आफ्नो दल र आफुहरुले देशको सुरक्षामा प्रभाव पारेर कुनै पनि सम्झौताको कतै पनि समर्थन नगर्ने बताउनु भयो ।“हामीले एमसीसीका उपाध्यक्षलाई स्पष्ट कुरा राखेको छौ कि यो परियोजनाले नेपालको स्वाधिनता,सुरक्षा स्वतन्त्रतामा कुनै पनि प्रभाव पार्ने छैन,यसको लागि लिखित रुपमा आउनु पर्छ,”अध्यक्ष नेपालले भने ।
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिनु भएको छ । सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारवाहीको औचित्य सकिएको भन्दै नेता नेपालले संसदमा नाकट प्रदर्शन भईरहेको टिप्पणी समेत गर्नु भयो । पछिल्लो समय न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन भईरहेको भन्दै अध्यक्ष नेपालले यसले गलत संस्कारको विकास गरेको बताउँनु भयो ।युवा संघका केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश अध्यक्ष किशोर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, एकीकृत समाजवादीका केन्द्रीय सदस्य दलबहादुर सुनार, युवा सङ्घका महासचिव दीपक जिएम, उपमहासचिव सरिता श्रीष, कौशिला सिंह, रुपन्देही अध्यक्ष राजु गुरुङ, युवा सङ्घ बाँकेका अध्यक्ष कुश्माखर बस्याल लगायतले शुभकामना मन्तव्य राखेका राख्नु भएको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.