spot_img
Sunday, September 8, 2024
Homeब्यानरएकताको सन्देश दिदै क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल

एकताको सन्देश दिदै क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल

spot_img

नेकपा(क्रान्तिकारी माओवादी),नेकपा(मशाल),नेकपा(बहुमत) पार्टिहरु विच भएको छलफलको अवस्थामा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) एक भई क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल निर्माण भएको हो । यसैको निरन्तरतामा क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल र नेकपा (मसाल) समेत पार्टि एकता भएको छ ।क्रान्तिकारी पार्टिहरुको बिचको एकतालाई अझै थप बल दिनका लागि पार्टिले केन्द्रिय स्तरको अधिवेशनसगै सात वटै प्रदेशको एकता अधिवेशन समेत सम्पन्न गरेको र सबै जिल्ला कमिटिहरुको एकता प्रक्रिया जेष्ठ मसान्त सम्म सम्पन्न गर्ने कार्यक्रम स्वरुप प्रदेश ६ समेत एकता अधिवेशन बाँके जिल्लामा सम्पन्न गरीएको बाँके जिल्ला संगठन समितिका संयोजक कृष्ण बहादुर शाह(पविर्तन)ले जानकारी दिए । अधिवेशनमा पार्टिका मान बहादुर भण्डारीले केन्द्रिय सरकुर्लर र प्रदेश सरकुर्लर वाचन गरेका थिए भने बाँके र बर्दियालाई प्रदेश छ मा राखेको पार्टिले संगठन समितिका दुई पार्टिका प्रतिनिधिहरु प्यानल प्रस्ताव अनुमोदन गरेका थिए । पार्टिको संरचना अनुसार प्रदेश ६ मा रहेको बाँके जिल्लाको एकता अधिवेशनले ६५ जनाको जिल्ला कमिटि गठन गरेको छ । जसमा कृष्णशाह(परिवर्तन)संयोजक र गुणनिधि आचार्य(कुशल),प्रकाश आचार्य र हरि कृष्ण न्यौपाने रहेका छन ।
एकता अधिवेशनको प्रमुख अतिथिमा क्रान्तिकारी कम्युनिष्ट पार्टि नेपाल केन्द्रिय कार्यालय सदस्य तथा ६ नं. प्रदेश इन्चार्ज प्रेम सुवेदी(प्रमोद),विशेष अतिथि ६ नं.प्रदेश संयोजक पहल बहादुर(संगम) ,६ नं.प्रदेश सह–संयोजक दिपक बहादुर शाहि(उर्जा),पे्रम बहादुर चलाउने(अनन्त),ऋषिराम थारु,कमला खड्का(कर्णाली) र अखिल (क्रान्तिकारी) का ६ नं. प्रदेश इन्चार्ज हरि विष्ट रहेका थिए ।
नव निर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अथिति प्रेम सुवेदी(प्रमोद)ले पार्टि एकताको आवश्कता र समसायिक विषयमा धारणा राखेका थिए । नव निर्वाचित समितिलाई अथिति पहल बहादुर रावल,दिपक बहादुर शाहि,प्रेम बहादुर चलाउने,ऋषिराम थारु,कमला खड्का(कर्णालि),र हरि विष्टले शुभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता कृष्ण बहादुर शाह परिवर्तन र सहजीकरण मान बहादुर भण्डारीले गरेका थिए ।यसरी नयाँ निर्वाचित समितिका बारेमा जानकारी तथा आफ्ना भावि योजनाका बारेमा सोमबार बाँकेको नेपालगंजमा पत्रकार सम्मेलन समेत गरीएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here