spot_img
Thursday, September 19, 2024
Homeब्यानरउद्योग संचालनमा ग्रामीण महिलाको सक्रियता

उद्योग संचालनमा ग्रामीण महिलाको सक्रियता

spot_img


बाँके (डुडुवा)–जिल्ला स्थित डुडुवा गाउँपालिका ५ का ग्रामिण महिलाहरुले आफुले सिकेको सिपलाई उद्योगमा परिर्वतन गर्ने भएका छन । तीन महिने ढाकाका विभिन्न सामाग्रीहरु बनाउने तालिम लिएका स्थानिय महिलाहरुले समुह निर्माण गरी उद्योग संचालन गरेका हुन ।

बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा ५ का ग्रामिण महिलाहरु यती वेला धागो बनाउन व्यस्त रहेका छन । तीन महिने ढाका बुनाई तालिम लिएका करिव १० महिलाहरुले आफुहरुको समुह निर्माण गरी उद्योग संचालन गर्दै आएका छ ।उनीहरुलाई ढाका बुनाई भन्ने विषयमा केही थाह नभएको हुदाँ तीन महिनाको ढाका बुनाई तालिमबाट केही गर्न सकिन्छ भन्ने आट स्थानिय महिलाहरुमा देखिएको छ ।‘ढाका बुनाईको विषयमा नेपालगंज बाँकेमा कतै पनि नभएको हुदाँ आफुहरुले तालिम पछि उद्योगको रुपमा संचालन गर्न पाउँदा निकै आनन्द भएका छ’ ढाका बुनेर उद्योग संचालनमा ल्याउनु भएकी स्थानिय संगीता वली ।

यसैगरी महिलाहरुलाई ढाका वुन्नमा सहयोग गर्दै आउनु भएकी स्थानिय अगुवा महिलाहरुमा खुशी देखिएको छ । ढाका बुन्नका लागि आएका महिलाहरुको जोश र जागर देखेर आफु निकै खुशी भएको बताउनु हुन्छ स्थानिय अगुवा महिला पे्रम कुमारी शाही ।स्थानिय डडुवा गाउँपालिकाले बजारीकरणको लागि जिम्मा लिनु भएको छ जसका लागि आफुहरु कटिब रहेको वताउनु हुन्छ डुडुवा गाउँपालिका सदस्य लिलादेवी यादव,सदस्य यादवका अनुसार गाउँपालिकाले स्थानिय स्तरमा हुने कार्याक्रमहरुमा स्थानिय महिलाहरुले संचालन गरेको ढाका उद्योगबाट उत्पादन भएका सामाग्रीहरुमा जोड दिने छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तरगत दिइएको तालिमबाट महिलाहरु सक्षम भएकोमा निकै राम्रो भएको लुम्बिनी प्रदेश सासंद उषा पुन बताउँनु हुन्छ ।महिलाहरुले मौका पाए धेरै गर्न सक्छन भन्ने उदाहरण डुडुवा गाँउपालिका वडा ५ का ग्रामिण स्थानमा रहेका महिलाहरुको परिश्रमलाई हेरेर भन्न सक्छन ।तर यसरी उद्योग संचालन गर्दै गर्दा बजारीकरणको व्यवस्थापन स्थानिय सरकारले गर्नु पर्ने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here